BIZMANDU
www.bizmandu.com

रिभर फल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन, मागभन्दा सात गुणा बढी आवेदन

२०७९ जेठ ४

रिभर फल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन, मागभन्दा सात गुणा बढी आवेदन
रिभर फल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन, मागभन्दा सात गुणा बढी आवेदन

काठमाडौं। रिभर फल्स पावर लिमिटेडको आइपीओका लागि आवेदन दिने बुधबार अन्तिम दिन हो। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मागभन्दा बढी आवेदन परेपछि कम्पनीले निष्कासन गरेको आइपीओमा आवेदन लिने काम आज बैंकिङ समय पश्चात बन्द गरिने भएको हो। 

Tata
GBIME

कम्पनीले गत वैशाख २८ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। १०० रुपैयाँ अंकित दरले २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुलाएको हो।

जसमध्ये कम्पनीले ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई र एक लाख ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्तामा आज बैंकिङ समय सम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयरमा लागि आवेदन दिन सकिनेछ।

बिक्री खुला गरेको एक सातामा सात गुणा बढी आवेदन परिसकेको छ। मंगलबार साँझसम्म मात्रै १ करोड ७५ लाख ९३ हजार कित्ताका लागि आवेदन परिसकेको क्यापिटलले जनाएको छ।