BIZMANDU
www.bizmandu.com

प्रि-ओपनिङ सेसनमा बुधबार पाँच कम्पनीको कारोबार, नेप्से २.५३ अंकले घट्यो

२०७९ जेठ ४

प्रि-ओपनिङ सेसनमा बुधबार पाँच कम्पनीको कारोबार, नेप्से २.५३ अंकले घट्यो
प्रि-ओपनिङ सेसनमा बुधबार पाँच कम्पनीको कारोबार, नेप्से २.५३ अंकले घट्यो

काठमाडौं। बुधबार प्रि-ओपनिङ सेसनमा पाँच कम्पनीको कारोबार भएको छ। प्रि-ओपनिङमा नेप्से २.५३ अंकले घटेर २२६२.९९ बिन्दुमा रोकिएको छ। 

Tata
GBIME

नेप्सेका अनुसार साढे १० देखि पौने ११ बजेसम्मको १५ मिनेट समयावधिमा कारोबारमा आएका पाँच कम्पनीमध्ये तीनको सेयर मूल्य घटेको छ भने दुई कम्पनीको सेयर मूल्य बढेको छ। 

यस अवधिमा ५ कम्पनीको १५० कित्ता सेयर किनबेच हुँदा १ लाख ७० हजार बढीको कारोबार भएको छ।

स्थानीय तहको निर्वाचनपछि मंगलबार सुरु भएको सेयर बजारमा पहिरो जाँदा लगानीकर्ता निराश थिए। जसले गर्दा प्रि-ओपनिङमा खासै उत्साहजनक कारोबार नभएको विश्लेषकहरुले बताएका छन् ।