BIZMANDU
www.bizmandu.com

यस्तो हुनेछ अब आउने बजाजका दुई नयाँ पल्सर, १५० र १६० सिसिका मोडल परीक्षण

२०७९ जेठ ४

काठमाडौं। बजाजले नयाँ जेनेरेशन पल्सर सिरिजमा नयाँ पल्सर १५० र १६० सिसि मोडल ल्याउने भएको छ। कम्पनीले भर्खरै पल्सर १५० र पल्सर एनएस १६० सिसिको नयाँ जेनेरेशन मोडल परीक्षण गरेको छ।

Tata
GBIME
Nepal Life

परीक्षणमा देखिएका यी दुबै मोडल नयाँ जेनेरेशन पल्सर २५० मा आधारित रहेको छ। कम्पनीले अब आउने सबै पल्सर मोडल २५० मा आधारित रहने बताएको छ। पल्सर २५० सिसि नेपालमा सर्वाधिक सफल र धेरै बिक्री भएको मोटरसाइकल हो।

नयाँ पल्सर १५० मा प्रोजेक्टर हेडल्याम्प, स्यालको आँखा जस्तो एलइडी डे टाइम रनिङ लाइटले यसको अगाडिको भाग निकै आकर्षक बनाउने छ। सिंगल पिस सिट, लाइसेन्स प्लेट होल्डर, नयाँ डिजाइनको इन्जिन कौल, टेलिस्कोपीक फ्रन्ट फर्क, रियरमा मोनोशक सस्पेन्सन, दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस दिनेछ।

सम्भवत केही ट्यूनिङ गरेर बजारमा आउने नयाँ जेनेरेशन पल्सरमा सिंगल सिलिण्डर, एयरकुल्ड इन्जिन दिनेछ। उक्त इन्जिनले अधिकतम १४ पीएस पावर र १३.२५ पीएस पावर प्रदान गर्छ।