BIZMANDU
www.bizmandu.com

नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत, करिब साढे ६४ लाख कित्ता दोस्रो बजारमा

२०७९ जेठ ३

काठमाडौं। नेशनल लाइफ इन्स्यारेन्स कम्पनीको बोनस सेयर सुचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार मंगलबार इन्स्योरेन्सको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  इन्स्यारेन्सको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

Tata
GBIME
Nepal Life

सुचीकृत बोनस सेयर लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । 

इन्स्यारेन्सले गत फागुन २९ गते सम्पन्न ३३ औं सभाबाट चुक्ता पूँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार २०३ रुपैयाँको १९ प्रतिशत बोनस सेयर गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । 

साधारण सभा तथा लाभांश प्रयोजनका लागि इन्स्यारेन्सले गत फागुन २२ गते बुक क्लोज मिति तोकेको थियो । तसर्थ बुक क्लोजभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी मात्र उक्त लाभांशको भागिदार बन्नेछन् ।