BIZMANDU
www.bizmandu.com

एन्ड्रोइडमा इसेवाको मोबाइल एप डाउनलोड ५२ लाख नाघ्यो, बुधबार वालेट भुक्तानी गर्दा ५% क्यासब्याक

२०७९ जेठ ३

एन्ड्रोइडमा इसेवाको मोबाइल एप डाउनलोड ५२ लाख नाघ्यो, बुधबार वालेट भुक्तानी गर्दा ५% क्यासब्याक
एन्ड्रोइडमा इसेवाको मोबाइल एप डाउनलोड ५२ लाख नाघ्यो, बुधबार वालेट भुक्तानी गर्दा ५% क्यासब्याक

काठमाडौं। इसेवाको एप एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एन्ड्रोइड मोबाइलमा ५० लाखको माइलस्टोन हासिल गर्ने इसेवा पहिलो कम्पनी भएको छ। नेपालमा इसेवा नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिइरहेको कम्पनीले जनाएको छ। 

Tata
GBIME
Nepal Life

स्थापना भएको १३ वर्षमा इसेवा मोबाइल एप एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकहरुलाई सेवा दिइरहेको कम्पनीले जनाएको छ। 

इसेवाले नेपालका सहरीदेखि विकट क्षेत्रहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यमबाट सेवा दिँदै आएको छ।

‘बढ्दो मोबाइल प्रयोगकर्ताको संख्या र इन्टरनेटको पहुँचका कारणले एपरुमा आकर्षण बढ्दो छ। ग्राहकहरुको आवश्यकता र मागलाई मध्यनजर गर्दै इसेवाले आफ्ना सेवाहरु मोबाइल एपमा अझै परिस्कृत रुपमा प्रस्तुत गर्दै आगामी दिनमा थप सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छौं,’ इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने। 

५० लाख मोबाइल एप डाउनलोड भएको अवसरमा बुधबार इसेवाले ‘५० लाखको कमाल, क्यासब्याक बबाल’ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत इसेवा प्रयोगकर्ताले बुधवार हरेक घण्टा पाँच प्रतिशत क्यासब्याक अफर दिइरहेको छ। बेलुका ५:५५ देखि ५:५६ सम्म हरेक ग्राहकले हरेक मोबाइल टपअपमा ५५ रुपैयाँ क्यासब्याक पाउने इसेवाले जनाएको छ। 

यसअफर अन्तर्गत बुधबार हरेक घण्टा विभिन्न सेवामा ५ प्रतिशत छुट पाउने बताइएको छ। अफर अन्तर्गत बिहान ७ बजेदेखि ८ बजेसम्म मनकामना टिकट खरिद, ८ बजेदेखि ९ बजेसम्म कुनैपनि कम्पनीको मोबाइलमा टपअप, ९ देखि १० बजेसम्म डेटा प्याक खरिद, १० देखि ११ बजेसम्म विभिन्न आइएसपीको इन्टरनेट शुल्क भुक्तानी, ११ देखि १२ बजेसम्म इ–लर्निङको शुल्क भुक्तानीमा ५ प्रतिशत क्यासब्याक पाउने सक्ने इसेवाले जनाएको छ। 

यसैगरी १२ देखि दिउँसो १ बजेसम्म एयरलाइन्स टिकट, १ देखि २ बजेसम्म इ–कमर्समा सपिङ तथा बिल भुक्तानी, २ देखि ३ बजेसम्म इन्स्योरेन्सको प्रिमियम भुक्तानी, ३ देखि ४ बजेसम्म विद्युत महशुल भुक्तानी र ४ देखि ५ बजेसम्म टेलिभिजन रिचार्ज तथा टपअप ५ प्रतिशत क्यासब्याक पाउन सक्ने इसेवाले जनाएको छ। 

यसैगरी बेलुकी ५:५५ देखि ५:५६ सम्म एक मिनेटमा कुनैपनि ग्राहकले मोबाइल टपअपमा ५५ रुपैयाँ क्यासब्याक पाउने इसेवाले जनाएको छ।