BIZMANDU
www.bizmandu.com

जेट एयरवेजले पुन: उडानका लागि अन्तिम तयारीमा, दिल्ली-मुम्बई प्रुभिङ फ्लाइट गर्‍यो

२०७९ जेठ ३

जेट एयरवेजले पुन: उडानका लागि अन्तिम तयारीमा, दिल्ली-मुम्बई प्रुभिङ फ्लाइट गर्‍यो
जेट एयरवेजले पुन: उडानका लागि अन्तिम तयारीमा, दिल्ली-मुम्बई प्रुभिङ फ्लाइट गर्‍यो

काठमाडौं। तीन वर्षदेखि ग्राउण्डेड जेट एयरवेजले पुनः उडानका लागि अन्तिम प्रक्रियामा पुगेको छ। कम्पनीले आफ्नो व्यवसायिक उडान पुनः सुरु गर्न आइतबार दिल्ली-मुम्बई प्रुभिङ फ्लाइट गरेको छ।

Tata
GBIME

कम्पनीले बोइङ ७३७-८०० सिरिजको जहाजमार्फत परीक्षण उडान गरेको जनाएको छ।

कम्पनीले अर्को प्रुभिङ फ्लाइट पनि केही दिनमा गर्ने तयारी रहेको जनाएको छ। कम्पनीले जुलाईदेखि सेप्टेम्बरभित्र आफ्नो व्यवसायिक उडान गर्ने जनाएको छ।

बैंकरप्सीमा परेसँगै यो कम्पनीले सन् २०१९ अप्रिलबाट आफ्नो आफ्नो व्यवसायिक उडान नै बन्द गरेको थियो।

कम्पनीमा कार्लोक क्यापिटल र उद्यमी मुराहरी जालनले नयाँ स्वामित्व लिएसँगै जेटले जहाज संख्या थप्ने योजना बनाइसकेको छ। कम्पनीले एक सयवटा न्यारोबडी जहाज विस्तारका लागि १२ अर्ब अमेरिकी डलर खर्चिन लागेको जनाएको छ। कम्पनीले जहाज विस्तारका लागि एयरबस, बोइङ लगायत जहाज उत्पादक कम्पनीसँग छलफल प्रक्रिया समेत सुरु गरेको छ।

यो कम्पनीसँग हाल पाँचवटा बोइङ ७७७ र तीनवटा बोइङ ७३७ एस गरी कुल आठवटा जहाज छ। अढाइ वर्ष अघिसम्म यो कम्पनीसँग साना ठूला गरी कुल १ सय २४ जहाज थियो। कम्पनीले अबको तीन वर्षको अवधिमा ५० वटा भन्दा बढी जहाज संख्या विस्तार गर्ने योजना बनाएको संचालक जालनले बताएका छन्।