BIZMANDU
www.bizmandu.com

मर्जरका लागि सहमति गरेका गुराँस, प्राइम र युनियन लाइफको सेयर कारोबार नेप्सेले रोक्यो

२०७९ जेठ ३

काठमाडौं। तीन जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ। गत वैशाख २९ गते मर्जरका लागि सहमति गरेका गुराँस, प्राइम र युनियन लाइफको सेयर कारोबार रोक्का भएको हो। 

Tata
GBIME

बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन निर्देशन दिएपछि यी तीन कम्पनी मर्जरमा जाने सहमति गरेका थिए।

पछिल्लोपटक मर्जर सम्झौता गरेका तीन बीमा कम्पनी गाभिएर एकीकृत कम्पनीको स्वरुपमा आउँदा यिनको संयुक्त पुँजी सात अर्ब ७३ करोड रुपैयाँभन्दा बढीसम्म पुग्न सक्छ, यदि तीनै कम्पनी एक बराबर एकको अनुपातमा गाभिने हो भने। तर अहिले प्रारम्भिक चरणमै भएकाले सेयर अनुपात भने सम्बद्ध कम्पनीहरुले खुलाएका छैनन्। 

यी तीन कम्पनीमध्यै चैत मसान्तसम्ममा सबैभन्दा धेरै चुक्ता पुँजी प्राइम लाइफ इन्स्योरेन्सको (करिब २ अर्ब ७८ करोड रुपैयाँ) छ। सोपछि युनियन लाइफको २ अर्ब १५ करोड र गुराँस लाइफको २ अर्ब ८ करोडभन्दा केही बढी छ।