BIZMANDU
www.bizmandu.com

चुनावले केही दिनमै अचाक्ली महँगिएको तरकारी सस्तिन थाल्यो, मौसमी तरकारीको आपूर्ति पनि बढ्यो


चुनावले केही दिनमै अचाक्ली महँगिएको तरकारी सस्तिन थाल्यो, मौसमी तरकारीको आपूर्ति पनि बढ्यो
चुनावले केही दिनमै अचाक्ली महँगिएको तरकारी सस्तिन थाल्यो, मौसमी तरकारीको आपूर्ति पनि बढ्यो

काठमाडौं। स्थानीय चुनावले बढाएको तरकारीको मूल्य सस्तिन थालेको छ। काठमाडौं उपत्यकाको बजारमा तराकारीको आपूर्ति बढेसँगै यहाँ मूल्य घट्न सुरु भएको हो।

Tata
GBIME
Nepal Life

वैशाख ३० को स्थानीय चुनावका कारण उत्पादन क्षेत्रमा नै माग तथा खपत बढेर बजारसम्म आइपुग्न मुस्किल हुँदा तरकारीको सीमित आपूर्तिका कारण सिजनमा समेत मूल्य उकालो लागेको थियो। 

चुनावभन्दा केही हप्ताअघिदेखि नै बजारमा हरिया तरकारीको आपूर्ति घट्दा मूल्य किलोमा सामान्य अवस्थाको भन्दा ६० रुपैयाँसम्म महँगिएको थियो। यससँगै, अझ निर्वाचन हुनुभन्दा तीन दिन (७२ घन्टा) अघिदेखि सीमा नाका बन्दा गरिएकाले भारतबाट आउने तयारीको आयात समेत रोकिएको थियो। यसले गर्दा पनि मागभन्दा आपूर्ति निक्कै कम हुँदा मूल्य बढेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिका लेखा अधिकृत नारायण रुपाखेतीले बताए।

चुनाव सकिएपछि गाउँघर लगायत उत्पादन क्षेत्रमा माग घटेसँगै यतिबेला बजारमा तरकारीको आपूर्ति र खपत दुवै बढ्न थालेकाले मूल्य घट्न थालेको उनले बताए।

त्यस्तै, अहिले कालिमाटी तरकारी बजारमा दैनिक ६ लाख केजीसम्म तरकारी भित्रिन थालेको कालिमाटी बजारको दैनिक तथ्याङकले देखाउँछ। सामान्य अवस्थामा कालिमाटीमा दैनिक ८ लाख केजीभन्दा बढी तरकारीको भित्रिने गरेको छ। तर स्थानीय चुनाव नजिकिँदै जाँदा चुनावअघि यो घटेर २ लाख केजीभन्दा तल झरेको थियो।

'चुनाव सकिएपछि लोकल उत्पादन बजारमा आउन थालेको छ। तर लगातार ५ दिनको सार्वजनिक बिदासँगै भन्सार नाका बन्द रह्यो। यसले गर्दा भारतबाट तरकारी आउन सकेको छैन,' कालिमाटी तरकारी रुपाखेतीले भने, 'स्वदेशी उत्पादनले मात्र बजारको माग धान्दैन। 

चुनावले उपभोक्ताहरु गाउँ गएकाले उपत्यकाको खपत घटेको थियो। त्यसले गर्दा तरकारीको आपूर्ति कम रहेपनि माग लगभग धान्न पुगिरहेको थियो। चुनाव सकिएपछि भने उपत्यकाबासीको संख्या उही हुन थालेसँगै तरकारीको माग पनि लगभग पहिलेकै अवस्थामा पुगेको रुपाखेतीले बताए।

उनका अनुसार चुनावभन्दा दुई दिनअघि वैशाख २८ मा प्रतिकेजी ७० देखि ८० रुपैयाँ रहेको गोलभेडा ३१ गते आइपुग्दा एक सय रुपैयाँ  भएको थियो।  आइतबार  जेठ १ मा अझ एक सय ३० रुपैयाँ पुगेको थियो। तने बोडी केजीमा ५० रुपैयाँले बढेर किलोको एक सय रुपैयाँ पुगेको थियो।

अन्य तरकारीहरुको मूल्य पनि ३-४ दिनको अन्तरालमा किलोमा कमसेकम ३० रुपैयाँले महँगिएको थियो। अझ काउली, बोडी, सिमी, बन्दा, गाँजर र करेला लगायतका तरकारीको दाम त अझ एकै दिन किलोको ५० रुपैयाँसम्म बढेको थियो।

तर पछिल्लो दुई दिनयता भने तरकारीको मूल्य केजीमा १० रुपैयाँभन्दा धेरैको दरले घट्दै गएको लेखा अधिकृत रुपाखेतीले जानकारी दिए। जेठ लागेपछि तरकारीको दैनिक आपूर्ति ६ लाख किलो पुग्न थालेसँथै अहिले भारतीय तरकारी नआए पनि बजारमा तरकारीको अभाव नरहेको र मूल्यमा पनि कमि आउन थालेको उनले बताए। 

यतिबेला बर्खाका तरकारीको सिजन भएकाले बजारमा तरकारीको मूल्य बढ्ने समय होइन। यसकारण चुनावले आयात रोकिएको र किसानले उत्पादन गरेको तरकारी पनि उत्पादन क्षेत्रमै रोकिएको अवस्थाबाट विस्तारै बाहिर आउँदै अब अबको केही दिनमा हरियो तरकारीको आपूर्ति अझ बढ्ने भएकाले मूल्य पनि लगातार घट्ने भने कालिमाटी तरकारी बजारका लेखा अधिकृत रुपाखेती बताउँछन्। 

उपत्यकामा बनेपा, काभ्रे, धादिङ, मकवानपुर र चितवन लगायतका जिल्लाहरुबाट तरकारी आउने गरेको छ।