BIZMANDU
www.bizmandu.com

अडानी समूहले होलसिम समूहबाट १०.५ अर्ब डलरमा अम्बुजा र एसीसी सिमेन्टको स्वामित्व किन्यो

२०७९ जेठ २

अडानी समूहले होलसिम समूहबाट १०.५ अर्ब डलरमा अम्बुजा र एसीसी सिमेन्टको स्वामित्व किन्यो
अडानी समूहले होलसिम समूहबाट १०.५ अर्ब डलरमा अम्बुजा र एसीसी सिमेन्टको स्वामित्व किन्यो

काठमाडौं। भारतको अडानी समूहले सिमेन्ट बिजनेसमा नयाँ तरङ्ग ल्याइदिएको छ। संसारकै सबैभन्दा ठूलो सिमेन्ट कम्पनी होलसिम समूहले भारतमा संचालन गरिरेका अम्बुजा सिमेन्ट र एसीसी सिमेन्ट खरीद सम्झौताले तरङ ल्याएको हो।

Tata
GBIME
Nepal Life

योसँगै अडानी समूह सिमेन्ट व्यापारमा इन्ट्री गरेको छ। अडानी समूहले अम्बुजा र एसीसी सिमेन्टमा होलसिम सिमेन्टको हिस्सा १०.५ अर्ब अमेरिकी डलरमा किन्ने गरी डिल फाइनल गरेको छ।    

अडानी समूहले गरेको यो नै अहिलेसम्मको ठूलो एक्वायर हो। त्यसैगरी, भारतको पूर्वाधार र मटेरियल क्षेत्रमा पनि यो नै सबैभन्दा ठूलो खरिद बिक्री हो।  

होलसिम समूहको अम्बुजा सिमेन्टमा ६३.१९ प्रतिशत स्वामित्व थियो। जुन अब अडानी समूहको भएको छ। एसीसीमा होलसिम समूहको ५४.५३ प्रतिशत हिस्सा थियो। यो पनि अब अडानी समूहकै भएको छ। 

होलसिम समूहको स्टेक खरिदसँगै अम्बुजामा अडानी समूहको हिस्सा ८९ प्रतिशत र एसीसीमा ८१ प्रतिशत पुग्ने बताइएको छ।  

होलसिम समूहले अडानी समूहलाई अम्बुजा सिमेन्टको प्रस्तावित सेयर मूल्य ३८५ भारु (६१६ रुपैयाँ) र एसीसीको २३ सय भारु (३६ सय ८० रुपैयाँ) छ। जसमा होलसिम समूहले अहिले कायम रहेको बजार मूल्यभन्दा ८ देखि ९ प्रतिशत प्रिमियम थपेर कुल ६ अर्ब ५० करोड अमेरिकी डलर पुर्‍याएको छ।  

अम्बुजा र एसीसी सिमेन्ट समग्र डिलको आकार बढेर १० अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ। स्वीजरल्याण्डको होलसिम समूह १७ वर्षअघि भारतमा लगानीसहित छिरेको थियो। 

अहिले भारतीय सिमेन्ट बजारमा आदित्य बिरला समूहको अल्ट्राटेक सबैभन्दा ठूलो सिमेन्ट कम्पनी हो। अल्ट्राटेकको उत्पादन क्षमता ११ करोड ७० लाख टन छ। अम्बुजा र एसीसी सिमेन्टको संयुक्त उत्पादन क्षमता ६ करोड ६० लाख टन छ। योसँगै अडानी समूह भारतको सिमेन्ट बजारमा दोस्रो नम्बरमा सोझै उक्लिएको छ। 

अम्बुजा र एसीसी सिमेन्ट भारतको दुई मुख्य ब्राण्ड हुन्। दुवै कम्पनीको २३ वटा सिमेन्ट प्लान्ट, १४ ग्राइन्डिङ स्टेसन, ८० रेडी मिक्स कंक्रिट प्लान्ट र पुरै भारतभर ५० हजारभन्दा बढी वितरक छन्।