BIZMANDU
www.bizmandu.com

भोलिबाट बजेट अधिवेशन, स्थानीय तह चुनावका कारण सदनमा हुन सकेन पर्याप्त छलफल

२०७९ जेठ २

भोलिबाट बजेट अधिवेशन, स्थानीय तह चुनावका कारण सदनमा हुन सकेन पर्याप्त छलफल
भोलिबाट बजेट अधिवेशन, स्थानीय तह चुनावका कारण सदनमा हुन सकेन पर्याप्त छलफल

काठमाडौं। मंगलबारबाट संसदमा बजेट छलफल सुरु हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे संसद अधिवेशन आह्वान गरेपछि बजेट छलफल हुने भएको छ। 

Tata
GBIME

संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्न १३ दिन मात्रै बाँकी छ। स्थानीय तह निर्वाचनका कारण संसदमा बजेट छलफल धेरै हुन भने नपाउने देखिन्छ। वैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिमाण आइसकेको छैन। निर्वाचनकै कारण ढिलो गरी बजेट अधिवेशन आह्वान भएको थियो।  

अर्थ मन्त्रालयले वैशाख २० गते नै विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकताहरु संसदको दुवै सदनमा प्रस्तुत गर्ने योजना बनाएको थियो। तर संसद अधिवेशन आह्वान नहुँदा अहिलेसम्म सदनमा प्रस्तुत हुन सकेको  छैन। 

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएका कारण बजेट प्रक्रिया छिटो अघि बढ्ने देखिन्छ। चालु आवमा पनि संसदीय प्रक्रियाबाट बजेटमा छलफल हुन पाएको थिएन।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद विघटन भएकै बेला अध्यादेशबाट बजेट ल्याएका थिए। सो बजेटलाई प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री जनार्दन शर्माले केही परिमार्जन गरी सार्वजनिक गरेका थिए।