BIZMANDU
www.bizmandu.com

निर्वाचन आयोगको प्रारम्भिक अनुमानः ६४ प्रतिशत मत खस्यो, ४१ स्थानमा चुनाव स्थगित

२०७९ बैशाख ३०

निर्वाचन आयोगको प्रारम्भिक अनुमानः ६४ प्रतिशत मत खस्यो, ४१ स्थानमा चुनाव स्थगित
निर्वाचन आयोगको प्रारम्भिक अनुमानः ६४ प्रतिशत मत खस्यो, ४१ स्थानमा चुनाव स्थगित

काठमाडौं। निर्वाचन आयोगले ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ। प्रारम्भिक रुपमा प्राप्त तथ्याङ्क अनुसार आयोगले अनुमानित विवरण सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

सबै ठाउँबाट रिपोर्ट आइनसकेकाले संख्या अझ बढ्न सक्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। 

थपलियाका अनुसार ६४ प्रतिशतभन्दा बढी मत खसेको छ। 

यस्तै ४१ ठाउँमा मतदान स्थगित भएको छ। झडपका कारण विभिन्न ठाउँमा मतदान स्थगित भएको हो। यी ठाउँहरुमा निर्वाचन आयोगले अर्को मितिमा चुनाव गर्ने छ। केही ठाउँमा दिउँसो रोकिएकाले अहिले पनि मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

मतदान सकिएका स्थानीय तहको मतपेटिका संकलन गरेर गणनाको तयारी भइरहेको आयोगले जनाएको छ। आजै २० प्रतिशत ठाउँमा गणना गर्ने तयारी भइरहेको छ।

सोचे अनुसार भएन मतदान

निर्वाचन आयोगले सोचेअनुसार मतदान हुन नसकेको बताएको छ। मतदानका लागि निर्धारित समय सकिएपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त थपलियाले सोचेअनुसार मत नखसेको जानकारी दिए।

उनले आयोगले ७५ प्रतिशतसम्म मत खस्ने आकलन गरेको भए पनि बढी मत खस्ने आकलन गरेकै क्षेत्रमा आशा गरेअनुसार मत नखसेको बताए।

उनले भने, 'सोचेअनुसार मतदान भएन कि भन्ने हामीलाई लागेको छ,' उनले भने।

कतिपय स्थानीय तहमा दिउँसो रोकिएको मतदान पुनः सुरु भएकाले मतदान भइरहेको र उक्त मतदान सकिनासाथ गणना कार्य सुरु हुने आयोगले जनाएको छ।

'स्थानीय तहमा मतदान सम्पन्न भएपछि मतगणना हुन्छ। केही स्थानीय तहमा रातिदेखिनै गणना हुन्छ,' थपलियाको भनाइ छ।

यस्तै आयोगले सरकारले सोचेअनुसार शान्ति सुरक्षाको व्यवस्था गर्न नसकेकाले सबै ठाउँमा शान्तिपूर्ण वातावरणमा निर्वाचन हुन नसकेको बताएको छ। राजनीतिक दलले पनि सुझबुझपूर्ण तरिकाले काम नगर्दा निर्वाचन गराउन सकस भएको आयोगले बताएको छ।

'एकै चरणमा चुनाव गर्नु परेकाले सुरक्षा व्यवस्था राम्ररी हुन नसकेको हो कि। राजनीतिक दलले सुझबुझरुपमा प्रस्तुत नभएको देखियो। राजनीतिक दल र सुरक्षासँग आयोग चिन्तत भएको र सशंकित भएको छ,' उनले भने।

बढी मत खसेको जिल्लामा ७४ र कममा ५० प्रतिशत रहेको आयोगको प्रारम्भिक जानकारी छ।