BIZMANDU
www.bizmandu.com

५ बजेसँगै सकियो मतदान गर्ने समयसीमा, मतदान केन्द्र प्रवेश गरेका सबैले मतदान गर्न पाउने

२०७९ बैशाख ३०

काठमाडौं । स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुन्न मतदानका लागि निर्वाचन आयोगले तय गरेको समय सीमा सकिएको छ।

Tata
GBIME
Nepal Life

आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो।

यद्यपि, ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरिसकेका सबै मतदाताले मतदान गर्न दिने निर्वाचन आयोगले जनाएको छ।

वर्षातका कारण देशका विभिन्न पालिकामा मतदान प्रभावित भएका छन्। यस्तै, केही स्थानमा झडपका कारण पनि मतदान कार्य रोकिएको थियो। विभिन्न कार्यले मतदान रोकिएको स्थानमा मतदान जारी छ।