BIZMANDU
www.bizmandu.com

मर्जर प्रक्रिया रोक्न अदालतको आदेशपछि एनबी बैंकका लगानीकर्ताले सेयर कारोबार गर्न सक्ने

२०७९ बैशाख ३०

काठमाडौं। नबिल बैंकसँग प्राप्ति प्रकृयामा रहेको नेपाल बंगलादेश (एनबी) बैंकका लगानीकर्ताले चाहेमा मंगलबार सेयर कारोबार गर्न सक्ने भएका छन्।

Tata
GBIME
Nepal Life

सर्बोच्च अदालतमा परेको रिटमा नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिँदै तत्काललाई मर्जर प्रकृया स्थगित गर्न भनिएको छ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले एनबी समूहको कम्पनीले हालेको रिटमा दुबै पक्षको कुरा सुनेर आवश्यक निर्णय गरिने भन्दै अहिलेलाई मर्जर प्रकृया जे जस्तो अवस्थामा छ त्यहीँ छाड्न आदेश दिएको छ।

नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले धितोपत्र बोर्डसमेत र दिब्यश्वरी इन्भेष्टमेन्ट प्रालिले नेपाल स्टक एक्सचेञ्जसमेतलाई मुद्दा हालेको थियो। 

यी कम्पनीले राष्ट्र बैंक, मर्जर प्रकृयामा रहेका बैंकलगायतलाई पनि विपक्षी बनाएर मुद्दा हालेका थिए। 

अदालतले अन्तरिम आदेशको निर्णयका लागि मंगलबार दुबै पक्षलाई बोलाएको छ।