BIZMANDU
www.bizmandu.com

मेगा बैंक र आइडीई नेपालबीच सम्झौता, साना तथा मझौला कृषकहरुलाई सहुलियतपूर्ण कर्जा दिने

२०७९ बैशाख २९

मेगा बैंक र आइडीई नेपालबीच सम्झौता, साना तथा मझौला कृषकहरुलाई सहुलियतपूर्ण कर्जा दिने
मेगा बैंक र आइडीई नेपालबीच सम्झौता, साना तथा मझौला कृषकहरुलाई सहुलियतपूर्ण कर्जा दिने


काठमाडौं। मेगा बैंकले साना किसानहरुको कृषि व्यवसाय प्रवर्द्धन गर्न डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ। 

Tata
GBIME
Nepal Life

मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइडीई नेपालको नेपाल प्रमुख कोरी ओ हाराले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

आइडीई नेपालसँगको सम्झौतापछि मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरुलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्न आईडीई नेपालको सिफारिसमा साना तथा मझौला कर्जा दिने बैंकले जनाएको छ। 

नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण कर्जा प्रदान गरिने बताइएको छ।

बैंकका कामु प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्नुका साथै सहुलियतपूर्ण कर्जा सेवा बैंकको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लाहरु कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ र कपिलवस्तु जिल्लामा रहेका बैंकका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन्। 

आइडीई नेपालका प्रमुख हारा एवम् आरएण्डडी ईनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता नेमाफुकीले मेगा बैंकले साना किसान, महिला, विपन्न वर्गलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताए। 

आइडीई नेपालसँगको सम्झौता अन्तर्गत मेगा बैंकले प्रवर्द्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’ मार्फत २५ सय जना कृषकहरुलाई किसान कार्ड वितरण गर्ने लक्ष्य छ।