BIZMANDU
www.bizmandu.com

होण्डा बेच्ने स्याकार ट्रेडिङको कारोबार १७% ले उकालो, आम्दानीमा दुई पांग्रे बिक्रीको योगदान ९२%

२०७९ बैशाख २९

होण्डा बेच्ने स्याकार ट्रेडिङको कारोबार १७% ले उकालो, आम्दानीमा दुई पांग्रे बिक्रीको योगदान ९२%
होण्डा बेच्ने स्याकार ट्रेडिङको कारोबार १७% ले उकालो, आम्दानीमा दुई पांग्रे बिक्रीको योगदान ९२%



काठमाडौं। ज्योति समूहको लगानी रहेको स्याकार ट्रेडिङ कम्पनीले सन् २०२१ मा १३ अर्ब ४२ करोड ९० रुपैयाँको कारोबार गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार होण्डाको कारोबार २०२१ मा १७ प्रतिशतले बढेको छ।

Tata
GBIME
Nepal Life

सन् २०२२ को पहिलो ६ महिनामा ४७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। २०२० मा कोरोना महामारीका कारण कम्पनीको कारोबार १९ प्रतिशतले घटेको थियो। 

विगत चार वर्षमा होण्डाले डियो स्कुटर बिक्रीबाट ३० देखि ३४ प्रतिशत आम्दानी गरेको इक्राले जनाएको छ। कारोबार बढ्नुमा दुई पांग्रे सेग्मेन्टको योगदान ९२ प्रतिशत छ। स्पेयर/सर्भिस सेग्मेन्टको योगदान सात प्रतिशत र बाँकी भने पेसेन्जर भेहिकल र पावर प्रडक्टको योगदान रहेको रेटिङ विवरणमा उल्लेख छ। 

होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकारले अघिल्लो वर्ष २०२० मा ११ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। २०१९ मा १४ अर्ब १८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको स्याकारले २०१८ मा १३ अर्ब ९७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। 

होण्डाले दुई पांग्रे मोटरसाइकल र स्कुटर, पेसेन्जर भेहिकलदेखि होण्डा जेनेरेटर बिक्री गर्दै आएको छ। होण्डसँग देशभर १६ वटा शोरुम र १११ डिलर नेटवर्क छ।  

कम्पनीमा सौरभ ज्योति र सुह्रद ज्योतिको सेयर स्वामित्व छ। अध्यक्ष सौरभ हुन् भने प्रबन्ध निर्देशकमा सुह्रद छन्। कम्पनीले नौ अर्ब नौ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि इक्राले एटु रेटिङ पुन:पुष्टि गरेको छ।