BIZMANDU
www.bizmandu.com

बैंक अफ काठमाण्डूले ७ वर्षका लागि १ अर्ब माथिको ऋणपत्र जारी गर्ने, वार्षिक व्याजदर १०.५ प्रतिशत

२०७९ बैशाख २९

काठमाडाै‌ं। बै‌ंक अफ  काठमाण्डू लिमिटेडले १ अर्ब रुपैयाँ माथिको ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार बैंकले ऋणपत्रको निष्कासनको अनुमति माग गर्दै बैशाख २६ गते बोर्ड पुगेको हो ।

Tata
GBIME
Nepal Life

बैंकले बोर्डबाट ऋणपत्र निष्कासनको अनुमति पाएपछि ७ वर्षका लागि १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र जारी गर्ने छ । 
यस ऋणपत्रको वार्षिक व्याजदर १०.५ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको ‘बिओके डिभेन्चर २०८६’ नामक ऋणपत्र बोर्डको पाइपलाइनमा थपिएको हो ।

बैंकले उक्त ऋणपत्र ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधरणमा बिक्री गर्ने बताइएको छ । बाँकी रहेको ६ लाख ६० कित्ता निजी क्षेत्रलाई बिक्री गर्ने योजना छ ।  यस ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएलएस क्यापिटल लिमिटेड रहेको छ ।