BIZMANDU
www.bizmandu.com

बिहीबार सुन र चाँदी दुबैको मूल्यमा सामान्य वृद्धि, सुन तोलामा ८ सय रुपैयाँले महंगियो

२०७९ बैशाख २९

बिहीबार सुन र चाँदी दुबैको मूल्यमा सामान्य वृद्धि, सुन तोलामा ८ सय रुपैयाँले महंगियो
बिहीबार सुन र चाँदी दुबैको मूल्यमा सामान्य वृद्धि, सुन तोलामा ८ सय रुपैयाँले महंगियो

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा आठसय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो । 

Tata
GBIME
Nepal Life

महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दा प्रतितोला १ हजार २५० रुपैयाँ कायम गरिएको छ । बुधबार चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो । 

मंगलबारको तुलनामा बुधबार सुन तोलामा १ हजार रुपैयाँ र चाँदी ३० रुपैयाँ घटेको थियो । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १८५१.५ डलर र चाँदी प्रतिऔंस २१.३७ डलरको हाराहारीमा कारोबार भइरहेको छ।