BIZMANDU
www.bizmandu.com

नबिल बैंक र पेमेन्ट नेपालबीच सम्झौता, भारतीय युपीआइमा आधारित भएकाले सीमापार कारोबार सहज

२०७९ बैशाख २८

नबिल बैंक र पेमेन्ट नेपालबीच सम्झौता, भारतीय युपीआइमा आधारित भएकाले सीमापार कारोबार सहज
नबिल बैंक र पेमेन्ट नेपालबीच सम्झौता, भारतीय युपीआइमा आधारित भएकाले सीमापार कारोबार सहज

काठमाडौं। नबिल बैंकले मोबाइलमा आधारित रियल टाइम भुक्तानी प्रणाली युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआइ) प्रदान गर्न पेमेन्ट नेपालसँग साझेदारी गरेको छ। 

Tata
GBIME

युपीआइ अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाका लागि लागि भारतको राष्ट्रिय भुक्तानी निगमले विकास गरेको रियल टाइम भुक्तानी प्रणाली हो। साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र व्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरूलाई दुबै देशमा भुक्तानी गर्न सहज हुने बैंकले जनाएको छ।

नबिलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्टका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले सम्झौतामा हस्ताक्षर गरेका छन्। 

साझेदारीपछि बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारिक स्टोरहरूमा सुरक्षित र निर्वाध भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

त्यसैगरी, नबिल युपीआइ क्यूआरसँग आबद्ध भएका व्यापारीहरूले फोनपे, गुगल पे र पेटीएमलगायत युपीआइमा आधारित मोबाइल एपहरू प्रयोग गरेर भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।