काठमाडौं। कुनै समयको निकै लोकप्रिय ग्याजेट आइपड टच मोडको उत्पादन औपचारिक रुपमा बन्द गर्ने निर्णय एप्पलले गरेको छ।
आइकोनिक आइपड प्रडक्ट लाइन एप्पलले २१ वर्षपछि बन्द गरेको छ। एप्पलले आइपड अक्टोबर २००१ मा लञ्च गरेको थियो।
एप्पलले केही वर्षयता आइपड (पछि आइपड क्लासिक नामाकरण), आइपड नानो, आइपड सफलको उत्पादन घटाउँदै गएको थियो। २०१९ को मध्यमा एप्पलले सातौं जेनेरेसनको आइपड टच लञ्च गरेयता उक्त सिरिजमा नयाँ अपडेट दिएको थिएन।
आइफोन र स्ट्रिमिङ सेवाको लोकप्रियता र प्रयोग बढ्दै गएसँगै एप्पलले आइपड लाइनलाई आफ्नो पोर्टफोलियोबाट हटाएको जनाएको छ।