BIZMANDU
www.bizmandu.com

भैरहवाबाट उडानका लागि जजिराले सार्वजनिक गर्‍यो तालिका, युरोप र मध्यपूर्वका मुलुकमा उडान

२०७९ बैशाख २८

भैरहवाबाट उडानका लागि जजिराले सार्वजनिक गर्‍यो तालिका, युरोप र मध्यपूर्वका मुलुकमा उडान
भैरहवाबाट उडानका लागि जजिराले सार्वजनिक गर्‍यो तालिका, युरोप र मध्यपूर्वका मुलुकमा उडान

काठमाडौं। कुवेतको लो-कस्ट वायुसेवा कम्पनी जजिरा एयरवेजले भैरहवाबाट आफ्नो उडान सञ्चालनका लाग तालिका सार्वजनिक गरेको छ। कम्पनीले भैरहवा बेस रही मध्यपूर्व र एसियाका विभिन्न मुलुकमा उडान गर्ने योजना छ।

Tata
GBIME
Nepal Life

नेपाल बाहिर रहेर काम गर्दै आएका नेपालीका लागि यो उडान उपयोगी रहने कम्पनीले जनाएको छ।

दुई वर्ष अघिदेखि नेपाल उडान सुरु गरेको यो कम्पनीले आफ्नो दोस्रो बेस भैरहवाको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिरय विमानस्थललाई बनाउन लागेको हो।

'कम्पनीले आफ्नो व्यवसायिक योजना अनुसार उडान गन्तव्य विस्तार गर्दै जानेछ। कुवेत र मध्यपूर्वीय क्षेत्रबीच डाइरेक्ट फ्लाइट सञ्चालनमा ल्याउने हाम्रो मुख्य उद्देश्य हो,' कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित रामचन्द्रनले भने,'गौतम बुद्ध विमानस्थलले नेपाललाई संसारका विभिन्न गन्तव्यमा जोडिन थप टेवा पुर्‍याउने देखेका छौं।'

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सिधा उडान हुने भएपछि पर्यटकलाई थप सहज हुने देखिएको छ। यो विमानस्थल काठमाडौंदेखि १९३ किलोमिटरको हवाई दुरीमा छ।

यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीका क्रममा योजनासहित अगाडि आउने जजिरा पहिलो वायुसेवा हो। कम्पनीले साताको तीनवटा उडान गर्नेछ।