BIZMANDU
www.bizmandu.com

जेठदेखि सातामा दुई दिन बिदाको निर्णय राजपत्रमा, बैंकिङ, भन्सारलगायतमा यस्तो व्यवस्था

२०७९ बैशाख २७

जेठदेखि सातामा दुई दिन बिदाको निर्णय राजपत्रमा, बैंकिङ, भन्सारलगायतमा यस्तो व्यवस्था
जेठदेखि सातामा दुई दिन बिदाको निर्णय राजपत्रमा, बैंकिङ, भन्सारलगायतमा यस्तो व्यवस्था


काठमाडौं। गृह मन्त्रालयले जेठबाट लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा छापेको छ। जेठदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ।

Tata
GBIME

सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९.३० बजेदेखि अपरान्ह ५.३० बजेसम्म निर्धारण गरिएको छ। आगामी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९.३० बजेदेखि अपरान्ह ४.३० बजेसम्म रहने छ।

२०७९ सालका लागि निर्धारण गरिएका दसैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य विदा लगातार दुई दिनभन्दा  बढी भएमा स्वास्थ्य संस्था, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, बैंकिङ सेवा, राजस्व, मालपोत, नापी, भन्सार, स्थानीय तहलगायतले तेस्रो दिनदेखि मन्त्रालयले समय निर्धारण गरेअनुसार सेवा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ। 

त्यसैगरी, सार्वजनिक विदाको दिन सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्नेपर्ने व्यवस्था गरिएको छ।    

इन्धन खपत कम गर्न भन्दै सरकारले दुई दिन बिदाको निर्णय गरेको हो। मन्त्रिपरिषद्ले गत वैशाख १३ गते जेठदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। 

सरकारले यसअघि आफू मातहतका कार्यालयमा दिइने इन्धन २० प्रतिशतले कटौती गर्ने निर्णय गरिसकेको थियो।

इन्धनमा ठूलो धनराशी बाहिरिएर विदेशी मुद्राको सञ्चिति घटेपछि सरकारले इन्धन खपत कम गर्ने विभिन्न उपायमा काम गरिरहेको छ। सरकारले विदेशी मुद्राको सञ्चिति घट्न नदिन बुधबारबाट १० वटा वस्तुको आयातसमेत रोकिसकेको छ।