BIZMANDU
www.bizmandu.com

एनसेलले स्थानीय तह निर्वाचन लक्षित आकर्षक अफर ल्यायो, रिचार्जमा बोनस पाइने

२०७९ बैशाख २७

एनसेलले स्थानीय तह निर्वाचन लक्षित आकर्षक अफर ल्यायो, रिचार्जमा बोनस पाइने
एनसेलले स्थानीय तह निर्वाचन लक्षित आकर्षक अफर ल्यायो, रिचार्जमा बोनस पाइने

काठमाडौं। एनसेलले स्थानीय तह चुनावलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ। अफरमा ग्राहकहरुले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा पाउने भएका छन्। 

Tata
GBIME
Nepal Life

एनसेलले यो अफर वैशाख २३ गतेबाट लागू गरिसकेको जनाएको छ। जसअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउने एनसेलले जनाएको छ। 

एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकहरुले एक दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउने बताइएको छ। १०० देखि १९९ रुपैयाँसम्मको रिचार्जमा तीन दिन समयसीमा भएको २०० एमबी डेटा पाउने एनसेलले जनाएको छ। त्यसैगरी दुई सय रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउने छन्। 

नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल-नेट भ्वाइस प्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्ने एनसेलले जनाएको छ।

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको बताइएको छ। जसमा ५ जीबी डेटा र १०० मिनेट अल नेट टक टाइम पाइने एनसेलले जनाएको छ। यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिने बताइएको छ। करसहित १६८ रुपैयाँ पर्ने यो प्याक *१७१२३*१# डायल गरी सजिलै लिन सकिने कम्पनीले जनाएको छ। 

भ्वाइस सेवा मात्र चाहिने ग्राहकहरूले ९४ रुपैयाँमा सात दिनका लागि मान्य १५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन्। एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले *१७११८*३*३# डायल गरि यो भ्वाइस प्याक लिन सक्ने एनसेलले जनाएको छ। 

दैनिक रूपमा डेटा चाहिने प्रिपेड ग्राहकहरूका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेको छ। यसमा ग्राहकले मात्र १२९ रुपैयाँमा सात दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम किन्न सक्ने बताइएको छ। *१७१२३*१# डायल गरी ग्राहकहरूले यो प्याक सक्रिय गर्न सक्ने कम्पनीले जनाएको छ।