BIZMANDU
www.bizmandu.com

प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त, चार वर्षलाई दिइयो जिम्मेवारी

२०७९ बैशाख २३

प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त, चार वर्षलाई दिइयो जिम्मेवारी
प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त, चार वर्षलाई दिइयो जिम्मेवारी


काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई नियुक्त गरेको छ। आगामी चार वर्षका लागि कम्पनीले प्रसाईलाई प्रमुख कार्यकारी बनाएको हो।

Tata
GBIME
NLIC

उनी यसअघि नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी थिए। सञ्चालक समितिसँग कुरा नमिलेपछि उनले कार्यकाल बाँकी छँदै राजीनामा गरेका थिए। त्यसको केही समयपछि प्रभु लाइफको विज्ञका रुपमा नियुक्त भएका थिए। 

नारायण पौडेलले कार्यकाल बाँकी छँदै राजीनामा गरेपछि प्रसाईलाई जिम्मेवारी दिइएको हो।

प्रसाई चार्टर्ड एकाउन्टेन्ट हुन्। प्रसाईसँग नियामक निकाय बीमा समितिमा काम गरेको अनुभव पनि छ।