BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकको सीइओमा पुन: दोहोरिए प्रद्युमन पोखरेल, जेठदेखि दोस्रो कार्यकाल

२०७९ बैशाख २१

मुक्तिनाथ विकास बैंकको सीइओमा पुन: दोहोरिए प्रद्युमन पोखरेल, जेठदेखि दोस्रो कार्यकाल
मुक्तिनाथ विकास बैंकको सीइओमा पुन: दोहोरिए प्रद्युमन पोखरेल, जेठदेखि दोस्रो कार्यकाल


काठमाडौं। मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन्। मंगलबार बसेको बैंकको संचालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

Tata
GBIME

उनी यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सीइओको जिम्मेवारीमा थिए। दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुने गरी पोखरेल पुन: सीइओमा दोहोरिएका छन्। 

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव रहेका पोखरेलले नबिल बैंक, मेगा बैंकको उच्च स्थानमा बसेर काम गरिसकेका छन्। २०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथमा नायव प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए। हाल पोखरेल डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्षसमेत छन्। 

नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ अत्यधिक मत ल्याएर विजयीसमेत भएका थिए।