BIZMANDU
www.bizmandu.com

नेपाल उद्योग परिसंघको महानिर्देशकमा पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशी नियुक्त

२०७९ बैशाख १९

नेपाल उद्योग परिसंघको महानिर्देशकमा पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशी नियुक्त
नेपाल उद्योग परिसंघको महानिर्देशकमा पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशी नियुक्त


काठमाडौं। नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन्। परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो।

Tata
GBIME
NLIC

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै ‍सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।

अध्यक्ष अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको बताउँदै महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे।

नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने बताए। नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय थिए।

उनी प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षको समेत भइसकेका छन्। अन्तर्राष्ट्रियरूपमा  'च्यान्पियन्स इन च्यालेन्ज' र 'पर्यटन हिरो' जस्ता सम्मानबाट सम्मानित भएका छन्। वाणिज्यशास्त्रमा स्नातकोत्तर जोशी पर्यटन तथा अन्य आर्थिक क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धानमा पनि संलग्न छन्।