BIZMANDU
www.bizmandu.com

उपाय सिटी कार्गोको सेवा विराटनगरमा पनि विस्तार, इटहरी, धरान, इनरुवा र उर्लाबारीसम्म सेवा दिने

२०७९ बैशाख १४

उपाय सिटी कार्गोको सेवा विराटनगरमा पनि विस्तार, इटहरी, धरान, इनरुवा र उर्लाबारीसम्म सेवा दिने
उपाय सिटी कार्गोको सेवा विराटनगरमा पनि विस्तार, इटहरी, धरान, इनरुवा र उर्लाबारीसम्म सेवा दिने



काठमाडौं। लजिष्टिक प्लाटफर्म उपाय सिटी कार्गोले आफ्नो सेवा विराटनगरमा विस्तार गरेको छ। देशभर सेवा विस्तार गर्ने लक्ष्य लिएको उपाय सिटी कार्गोले अहिले काठमाडौं , बुटबल र भैरहवामा सेवा विस्तार गरेरे  सामान ढुवानीको काम गर्दै आएको छ। 

Tata
GBIME
Nepal Life

प्रदेश १ व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण सहर भएको भन्दै कम्पनीले विराटनगरमा सेवा विस्तार गरेको कम्पनीका प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए। 

नेपालमै पहिलोपटक अनलाइन प्रविधि मार्फत ढुवानी व्यवसायी र ग्राहकलाई जोड्न सफल भएको छ। उपभोक्ताहरुले उपाय सिटी कार्गोको एप डाउनलोड गरी विवरण भरेर ढुवानी सेवा लिन सक्ने कम्पनीले जनाएको छ। 

यसबाहेक उपभोक्ताहरुले वेबसाइट, कल सेन्टर अथवा इमेल गरेर समेत सेवा लिन सक्ने बताइएको छ। उपभोक्ताहरुको  रिक्वेस्ट आएपछि एपमा आवद्ध भएका चालकको फोनमा अटोमेटिक म्यासेज जाने कम्पनीले जनाएको छ। त्यसपछि चालकले आफैं रिक्वेस्ट एसेप्ट गर्न मिल्ने बताइएको छ। 

उपाय सिटी कार्गोले ढुवानी सेवा विराटनगरका साथै इटहरी, धरान, इनरुवा र उर्लाबारीसम्म पुर्‍याउने कम्पनीले जनाएको छ। यो काम दुई महिना अघिबाटै सुरु गरिएको कम्पनीको विराटनगरका निर्देशक दिवस दाहालले जानकारी दिए। 

हालसम्म २०० सवारी चालकलाई यस बारेमा जानकारी गराएको दाहालले बताए। हालसम्म देशभरबाट तीन सय चालक, सात संस्थागत सेवाग्राही र व्यक्तिगत रुपमा सेवा लिनेहरुको संख्या बढ्दै गएको बताइएको छ। 

उपाय सिटी कार्गो मार्फत दुई किलोमिटर दूरीसम्म सामान ढुवानीका लागि ६ सय रुपैयाँ लाग्ने र त्यसपछि क्रमशः किलोमिटरका हिसाबले ढुवानी खर्च लाग्ने दाहालले बताए।