BIZMANDU
www.bizmandu.com

कोरोना कोषबाट सरकारले २ वर्षमा गर्‍यो साढे १ अर्ब खर्च, अब कोषमा २१ करोड बाँकी

२०७९ बैशाख १४

काठमाडौ। सरकारले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट १ अर्ब ४९ करोड १३ लाख रुपैंया खर्च गरेको छ। कोष स्थापना भएपछि सरकारले सो बराबरको रकम खर्च गरेको हो।

Tata
GBIME

कोरोना संक्रमण बढ्पछि पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले कोष खडा गरेका थिए। सरकारी बाहेक कुनैपनि संस्थाले कोरोनाको नाममा रकम उठाउन नपाउने भन्दै संघिय कोष बनाइएको थियो।

यो कोषमा स्वेच्छिक रुपमा जुनसुकै व्याक्ति तथा संस्थाले रकम जम्मा गर्न सक्ने व्यवस्था थियो।

कोषमा सरकारले व्यावसायिक संस्थाले सामाजिक उत्तरदायित्वमा खर्च गर्ने नाफाको १ प्रतिशत पनि जम्मा गर्न पाउने व्यावस्था मिलाइएको थियो। यो कोषको रकम हालसम्म ६ वटा निर्णयबाट खर्च गरिएको महालेखा नियन्त्रक कार्यलयले जनाएको छ। जसअनुसार पछिल्लो पटक चैत ९ गते २४ लाख खर्च गर्ने निर्णय भएको छ। अब कोषमा २१ करोड ५८ लाख बाँकी रहेको छ।