BIZMANDU
www.bizmandu.com

बैंकिङसहित अन्य संस्थाहरुको सफ्टवेयर बनाउने इन्फो डेभलपर्सको सीओओमा डा. सुब्बा नियुक्त

२०७९ बैशाख १३

बैंकिङसहित अन्य संस्थाहरुको सफ्टवेयर बनाउने इन्फो डेभलपर्सको सीओओमा डा. सुब्बा नियुक्त
बैंकिङसहित अन्य संस्थाहरुको सफ्टवेयर बनाउने इन्फो डेभलपर्सको सीओओमा डा. सुब्बा नियुक्त


काठमाडौं। बैंक तथा वित्तीय क्षेत्रसहितका अन्य संस्थाहरुको सफ्टवेयर विकासको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा डा. राजिव सुब्बा नियुक्त भएका छन्। 

Tata
GBIME
NLIC

संचार तथा सूचना प्रविधि क्षेत्रमा लामो अनुभव भएका सुब्बाले अमेरिकाको हवाई विश्वविद्यालयबाट संचार तथा सूचना विज्ञान विषयमा पीएचडी गरेका छन्। सुब्बासँग संचार, सूचना प्रविधि र व्यवस्थापनमा २५ वर्षभन्दा लामो अनुभव छ। 

नेपाल प्रहरीको पूर्व डीआइजीसमेत रहेका सुब्बाले प्रहरीको संचार निर्देशनालयको प्रमुख भएर काम गरिसकेका छन्। नेपाल प्रहरीमा नयाँ संचार तथा सूचना प्रविधि भित्राउनुका साथै प्रहरी संचारलाई डिजिटाइजेसन गर्न उनको महत्वपूर्ण योगदान रहेको छ। सुब्बा हाल त्रिभुवन विश्वविद्यालय र किंग्स कलेजमा भिजिटिङ प्रोफेसरको रूपमा समेत कार्यरत छन्। 

सुब्बासँग राष्ट्रिय योजना आयोग, सयुक्त राष्ट्र संघ, संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा क्यान महासंघ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि काम गरेको अनुभव छ। 

२०५९ सालमा स्थापना भएको इन्फोडेभलपर्सले बैंकिङ तथा वित्तिय क्षेत्र लगायत नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई प्राथमिकतामा राखेर सफ्टवेयर विकासको काम गर्दै आएको छ। कम्पनीको सफ्टवेयरबाट ३५ लाख बढीले सेवा लिइरहेको बताइएको छ।