BIZMANDU
www.bizmandu.com

फरवार्ड माइक्रोफाइनान्सको कामु कार्यकारी अधिकृतमा कृष्णप्रसाद भट्टराई नियुक्त

२०७९ बैशाख १३

काठमाडौं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कामु प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।

Tata
GBIME
NLIC

सुनसरीको दुहबीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा संस्थाको सहायक महाप्रबन्धक कृष्णप्रसाद भट्टराईलाई नियुक्त गरेको जनाएको छ। 

लघुवित्तमा यस अघि प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका आशनारायण चौधरीले राजीनामा दिएपछि भट्टराईलाई कामु प्रमुख नियुक्त गरिएको हो।

चौधरीले दिएको राजीनामा वैशाख १२ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको संस्थाले जनाएको छ। सोही बैठकको निर्णय अनुसार अर्को प्रमुख कार्यकारी अधिकृत नभएसम्मका लागि भट्टराईलाई नियुक्त गरेको संस्थाले जानकारी दिएको हो ।