BIZMANDU
www.bizmandu.com

‘नेपाल र श्रीलंकाको अर्थतन्त्रको तुलना हुँदैन, तथ्यांक नै भिन्न छ’, सीएनआई अध्यक्ष अग्रवाल

२०७९ बैशाख ६

‘नेपाल र श्रीलंकाको अर्थतन्त्रको तुलना हुँदैन, तथ्यांक नै भिन्न छ’, सीएनआई अध्यक्ष अग्रवाल
‘नेपाल र श्रीलंकाको अर्थतन्त्रको तुलना हुँदैन, तथ्यांक नै भिन्न छ’, सीएनआई अध्यक्ष अग्रवाल

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल र श्रीलंकाबीच अर्थतन्त्रको अवस्थाबारे तुलना नहुने बताएका छन्। नेपाल र श्रीलंकाको अर्थतन्त्रको तथ्यांक नै नमिल्ने भएकाले तुलना गर्नु उपयुक्त नहुने उनले बताएका हुन्।

Tata
GBIME

परिसंघले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी बजेटबारे सुझाव लिखितरुपमै बुझाइसकेको छ। बजारमा देशको तुलना श्रीलंकासँग हुँदा राम्रो सन्देश नगएको परिसंघको भनाइ छ। 

अध्यक्ष अग्रवालले भने, 'नेपाल र श्रीलंकाबीच कुनै तुलना हुँदैन, किनकि उनीहरुको आर्थिक तथ्यांक नै हाम्रोभन्दा निक्कै फरक छ। हाम्रो अर्थतन्त्रमा केही नराम्रो होला तर श्रीलंकासँग तुलना गरेर अतिरञ्जित गरिनु हुँदैन।' 

परिसंघले अन्तर्राष्ट्रिय बजारमै अधिकांश वस्तुको मूल्य वृद्धि भएकाले धेरै आयात भएको देखिएको पनि बताएको छ।  

कुल गार्हस्थ उत्पादनमा नेपालको राष्ट्रिय ऋण ४०.५ प्रतिशत छ भने श्रीलंकाको १११ प्रतिशत छ। नेपालको विदेशी विनिमय सञ्चिति ६.७ महिनाको आयात धान्न पुग्नेछ। तर श्रीलंकाको एक महिनाको पनि नधान्ने अवस्थामा पुगेको छ। 

यस्तै, महँगी नेपालमा ७ प्रतिशत छ भने श्रीलंकामा २५ प्रतिशत भएकोले यसमा पनि कुनै तुलना नहुने परिसंघको भनाइ छ।