.jpg)
काठमाडौं। साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार तोलामा ४ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। सोमबार तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ थियो।
सुनको मूल्यमा गिरावट आए पनि चाँदी स्थिर छ। सोमबार कायम १४ सय २० रुपैयाँ प्रतितोला मूल्यमै मंगलबार कारोबार हुनेछ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट छ। सोमबार प्रतिऔंस १९८५.१६ डलरमा कारोबार भएको सुन मंगलबार प्रतिऔंस १९७४.६५ डलर छ।
चाँदीको कारोबार मूल्यमा दुई दिन खासै अन्तर देखिएको छैन। मंगलबार अघिल्लै दिन चलेको प्रतिऔंस २५.८१ डलरमा स्थिर देखिएको छ।