BIZMANDU
www.bizmandu.com

घरजग्गा बजारमा तरलता संकटको बाछिटाः घट्यो कारोबार, ओरालो लाग्यो राजस्व संकलन

२०७९ बैशाख २

घरजग्गा बजारमा तरलता संकटको बाछिटाः घट्यो कारोबार, ओरालो लाग्यो राजस्व संकलन
घरजग्गा बजारमा तरलता संकटको बाछिटाः घट्यो कारोबार, ओरालो लाग्यो राजस्व संकलन


काठमाडौं। बैंकहरुले कर्जामा गरेको कडाई र ब्याजदर बढ्दाको असर घरजग्गा कारोबारमा देखिएको छ। चैतमा ३२ सय ६ लिखत पारित घटेर ७० हजार ८३० मा झरेको छ। 

Tata
GBIME
NLIC

फागुनमा देशभरका मालपोत कार्यालयहरुबाट ७४ हजार ३६ लिखत पारित भएको थियो। तरलता अभावका कारण बैंकहरुले सहजै ऋण दिन सकिरहेका छैनन्। कसैले ऋण दिइहाले पनि ब्याज महँगो छ। फागुनमा तरलता संकट र ब्याजदर बढ्दासमेत घरजग्गा कारोबार बढेकोमा चैतमा भने घटेको छ।

गत पुस र माघ महिनामा कारोबार घटेको थियो। फागुनमा कारोबारले लय सामात्दा चैतमा भने घरजग्गा कारोबारसँगै राजस्व संकलन पनि घटेको छ। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो तथ्यांकअनुसार चैतमा देशभरका मालपोत कार्यालयहरुबाट लिखत पारित ७० हजार ८३० पुगेको छ। गत पुसमा ७० हजार १६८ रहेको लिखत पारित माघमा घटेर ५९ हजार ५१६ पुगेको थियो। फागुनमा लिखत पारित ह्वात्तै बढेको थियो। फागुनमा बढेर ७४ हजार ३६ पुगेको थियो। माघको तुलनामा फागुनमा लिखत पारित १४ हजार ५२० ले बढेको थियो।

पुसमा ७० हजार १६८ रहेको लिखत पारित माघमा घटेर ५९ हजार ५१६ पुगेको थियो। फागुनमा बढेर ७४ हजार ३६ पुगेको विभागले जनाएको छ। 

अधिकांश मालपोत कार्यालयबाट हुने लिखत पारित महिनैपिच्छे घट्दै गएकोमा फागुनमा भने उकालो लागेको थियो। पुसको तुलनामा माघमा घरजग्गाको लिखत पारित १० हजार ६ सय ५२ ले घटेको थियो। 

भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट चैतमा ३५२३ लिखल पारित भएको छ। फागुनमा यो कार्यालयबाट ३२८६ लिखत पारित भएको थियो। 

इनरुवा पछि मोरङको बेलबारी मालपोतमा २८३४ लिखत पारित भएको छ। फागुनमा २८७२ लिखत पारित भएको थियो। चैतमा झापाको भद्रपुर मालपोतले २७६८ लिखत पारित गरेको छ। अघिल्लो महिना यो कार्यालयले २७७२ लिखत पारित गरेको थियो। जनकपुर चौथोमा रहँदै चैतमा २३७६ लिखत पारित गरेको छ। फागुनमा २४९६ लिखत पारित गरेको थियो। 

बाँके नेपालगञ्जले २२७१, लगनखेलले २०९६, भक्तपुरले १९४९, काभ्रेले १९३६, कलंकीले १७२४ लिखत पारित गरेका छन्। यस्तै, मकवानपुरले १६३१,  चितवनले १५५६, राजविराजले १५१८, कलैयाले १४७९, दमकले १४५५, विराटनगरले १४४१, पर्साले १४१०, जलेश्वरले १३८५ लिखत पारित गरेको विभागले जनाएको छ। 

फागुनमा घट्यो घरजग्गाबाट उठ्ने राजस्व
तरलता अभावसँगै घरजग्गाको अस्वाभाविक र अनियन्त्रित मूल्यका कारण चैतमा घरजग्गा कारोबारबाट राज्यले संकलन गर्ने राजस्व घटेको छ। देशभरका अधिकांश मालपोत कार्यालयहरुले घरजग्गा कारोबारबाट संकलन गर्ने राजस्व चैतमा घटेको छ। 

चैतमा सरकारले पाँच अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ। गत माघमा सरकारले घरजग्गाबाट ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेकोमा फागुनमा ६ अर्ब २६ करोड संकलन गरेको थियो। 

मंसिरमा घरजग्गा कारोबारबाट राज्यले ७ अर्ब ६ करोड ६५ लाख रुपैयाँ संकलन गरेकोमा पुसमा घटेर ६ अर्ब ७० करोड रुपैयाँमा थियो। माघमा फेरी घटेको राजस्व फागुनमा भने उकालो लागेको थियो। पुन: चैतमा भने घटेको छ।  

फागुनमा जस्तै चैतमा पनि सबैभन्दा धेरै राजस्व लगनखेल मालपोत कार्यालयले उठाएको छ। फागुनमा लगनखेल मालपोतले ५४ करोड २२ लाख रुपैयाँ उठाएकोमा चैतमा ५८ करोड ४५ लाख रुपैयाँ संकलन गरेको छ। माघमा लगनखेल मालपोतले ५४ करोड ३६ लाख रुपैयाँ राजस्व उठाएको थियो।

लगनखेल पछि डिल्लीबजारलाई उछिन्दै कलंकी मालपोतले बढी राजस्व संकलन गरेको छ। चैतमा डिल्लीबजारले ४० करोड ५० लाख रुपैयाँ संकलन गरेको छ। फागुनमा कलंकी मालपोतले ३९ करोड १६ लाख रुपैयाँ उठाएको थियो।

डिल्लीबजार मालपोत तेस्रो हुँदै चैतमा ३४ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ। फागुनमा यो कार्यालयले ४५ करोड ३२ लाख रुपैयाँ उठाएको थियो। डिल्लीबजारले माघमा ४३ करोड ८६ लाख रुपैयाँ राजस्व उठाएको थियो। 

चैतमा भक्तपुरले ३२ करोड ४० लाख रुपैयाँ, चाबहिलले ३० करोड ३६ लाख रुपैयाँ, मनमैजुले १४ करोड ६८ लाख, काभ्रेले १४ करोड, चितवनले १३ करोड ७६ लाख रुपैयाँ, साँखुले ११ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ। 

यस्तै, कास्कीले ११ करोड ५६ लाख रुपैयाँ, पर्साले ११ करोड ५१ लाख रुपैयाँ, नेपालगञ्ज, विराटनगरले १० करोड ९६ लाख रुपैयाँ, इनरुवाले १० करोड १९ लाख रुपैयाँ संकलन गरेको विभागले जनाएको छ।