BIZMANDU
www.bizmandu.com

सांग्रिला बैंकका ग्राहकले दराजबाट सामान किन्दा अनलाइन भुक्तानीमा १०% छुट पाउने

२०७८ चैत्र २८

सांग्रिला बैंकका ग्राहकले दराजबाट सामान किन्दा अनलाइन भुक्तानीमा १०% छुट पाउने
सांग्रिला बैंकका ग्राहकले दराजबाट सामान किन्दा अनलाइन भुक्तानीमा १०% छुट पाउने


काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच नयाँ वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट दिने सम्बन्धमा सम्झौता भएको छ। 

Tata
GBIME
Nepal Life

बैंकका ग्राहकहरुले दराजबाट अनलाइन सामान खरिद गर्दा अनलाइनबाटै भुक्तानी गरे १०% सम्म छुट पाउने बैंकले जनाएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्। 

बैंकका कार्ड प्रयोगकर्ताहरुले नयाँ वर्षको अवसरमा चैत्र २८ देखि सिमित समयको लागि डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा अधिकतम १०% वा एक हजार रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ। 

उक्त छुट पाउन ग्राहकहरुले आफ्नो कार्डमा इ–कमर्स सक्रिय भने गर्नुपर्ने बताइएको छ। सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु भएको बैंकले जनाएको छ।