BIZMANDU
www.bizmandu.com

आइपीओ जारी गर्न दुई जलविद्युतले पाए धितोपत्र बोर्डबाट स्वीकृति, कुन कम्पनीको कहिले आउला सेयर

२०७८ चैत्र २८

आइपीओ जारी गर्न दुई जलविद्युतले पाए धितोपत्र बोर्डबाट स्वीकृति, कुन कम्पनीको कहिले आउला सेयर
आइपीओ जारी गर्न दुई जलविद्युतले पाए धितोपत्र बोर्डबाट स्वीकृति, कुन कम्पनीको कहिले आउला सेयर

काठमाडौं। धितोपत्र बोर्ड (सेबोन) ले दुई वटा जलविद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ। 

Tata
GBIME
Nepal Life

सेबोनले बिन्धाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत् कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो।

बोर्डले बिन्धाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई गत चैत २५ गते र  दोर्दी खोला जलविद्युतलाई चैत २८ गते स्वीकृति दिएको जनाएको छ।

बोर्डले बिन्धाबासिनी हाईड्रोपावरलाई २५ करोड रुपैयाँको २५ लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो। जलविद्युतले बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ।

यस्तै दोर्दी खोला जलविद्युत कम्पनीलाई पनि आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति पाएको छ।  दोर्दी खोला जलविद्युतको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

दुवै जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय क्षेत्रमा बासिन्दासँगै सर्वसाधारणका लागि उल्लेखित साधारण सेयर निष्काशन गर्ने छन्। यद्यपि, कहिलेसम्ममा सेयर जारी गर्ने भन्ने कम्पनीहरुले सार्वजनिक गरिसकेका छैनन्।