BIZMANDU
www.bizmandu.com

कर्णाली नदीको खार्पुनाथमा दुईवटा मोटरेबल पुल निर्माण हुँदै, ३१ करोडमा ठेक्का

२०७८ चैत्र २४

काठमाडौं। कर्णाली नदीमा पर्ने खार्पुनाथ रहेको ललिबगर र याङ्चुबगरमा ३१ करोड रुपैयाँ लगानीमा दुई वटा मोटरेबल पुल निर्माणको ठेक्का लागेको छ। यसका लागि तीनवटा जेभी कम्पनीले ठेक्का पाएका छन्।  

Tata
GBIME
Nepal Life

हुम्ला जिल्लाको खार्पुनाथमा गाउँपालिकाको एक र दुई वडामा पुल निर्माण हुने भएको हो। पुलको अभावमा सर्वसाधारण तथा  सवारीसाधन आवतजावतमा पनि निकै समस्या हुने गरेको भन्दै पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय हुम्लाले ठेक्का आह्वान गरेको थियो। 

उक्त पुल निर्माणको जिम्मा पाउने कमपनीहरु सूर्य निर्माण कम्पनी, एच.एम निर्माण कम्पनी र स्रेया निर्माण कम्पनी जेभी रहेका छन्। उनीहरुले संयुक्त रुपमा पुलको डिजाइन र निर्माणको जिम्मा पाएका हुन्। तीनवटा निर्माण कम्पनीले करिब ३१ करोड लागतमा संयुक्त रुपमा निर्माण गर्ने भएका छन्।

शहरी विकास मन्त्रालय हुम्लाका अनुसार सम्झौता भएको ६ महिना डिजाइन र १८ महिनामा पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने छ।