BIZMANDU
www.bizmandu.com

पारवहन तथा गोदाम व्यवस्था कम्पनीको अध्यक्षका लागि मागियो आवेदन, ७ दिनभित्र दिनुपर्ने

२०७८ चैत्र २३

काठमाडौं। नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेडको अध्यक्ष पदका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञापन खुलाएको छ। ७ दिनभित्र निवेदन दिनेगरी आवेदन खुलाएको हो।

Tata
GBIME
Nepal Life

आवेदन दिनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट जनप्रशासन व्यवस्थापन मानविकी स्नातकोत्तर गरेको हुनु पर्नेछ। यस्तै नेपाल सरकारका निकायमा ५ वर्ष काम गरेको अनुभव आवश्यक पर्नेछ। यस्तै ३५ वर्ष पुरा भइ ६५ वर्ष ननाघेको हुनुपर्नेछ। 

आवेदन अनलाइन प्रणालीबाट दिन सकिने मन्त्रालयले जनाएको छ। यसरी आएको निवेदनमध्ये उत्कृष्ट तीन जनालाई छनोट गरी मन्त्रालयले मन्त्रिपरिषद्‍मा पठाउनेछ। उक्त सूचीबाट सरकारले एक जनालाई नियुक्त गर्नेछ।