BIZMANDU
www.bizmandu.com

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल, डेढ दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव

२०७८ चैत्र २१

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल, डेढ दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव
एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा सनतकुमार पौडेल, डेढ दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव



काठमाडौं। सफ्टवयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरमा सनत कुमार पौडेल नियुक्त भएका छन्। 

Tata
GBIME
NLIC

१६ वर्ष भन्दा लामो बैंकिङ क्षेत्रको अनुभव पौडेलसँग रहेको एफवान सफ्टले जनाएको छ। पौडेलसँग नबिल बैंकमा १३ वर्ष डिजिटलाइजेसन प्रमुख र कार्ड एण्ड अल्टरनेट च्यानल प्रमुखका रुपमा काम गरेको अनुभव पनि रहेको कम्पनीले जनाएको छ। 

नबिल बैंकमै पौडेलले टेक्नोलोजी एण्ड डिजिटल बिजनेसका रुपमा समेत काम गरेका छन्। नबिल बैंकअघि पौडेल नेपाल बैंकको कोर बैंकिङको प्राविधिक क्षेत्रमा पनि आबद्ध थिए। यस्तै, पौडेल सफ्टवेयर डेभलपमेन्टमा पनि उत्तिकै दख्खल राख्छन्। 

एफवान सफ्टमा पौडेलको आवद्धतासँगै विश्वभर विकास भइरहेका एवम् भएका नविनतम् प्रविधिलाई नेपाली माटो सुहाउँदो बनाउन थप सहयोग पुग्ने अपेक्षा कम्पनीको छ।

नेपालमा आम मानिसको दैनिक जनजीवन सहज बनाउने सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान रहने विश्वास कम्पनीले लिएको छ।