काठमाडौं। अघिल्लो दिनको भन्दा सुन तोलामा ६ सय रुपैयाँले घटेको छ। सोमबार बजार मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको पहिलो दिन सुन ४ सय रुपैयाँले घट्दा प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। सोमबार प्रतितोला १३ सय ५० रुपैयाँ भएको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १९१९.५२ डलरमा कारोबार भएको छ। चाँदी प्रतिऔंस २४.६७ डलर छ। आइतबार सुन १९२४.८० डलर र चाँदी २४.६२ डलर थियो।