BIZMANDU
www.bizmandu.com

सडक बोर्ड नेपालमा कार्यकारी निर्देशक नियुक्तिका लागि पुन: दरखास्त आह्वान, के चाहिन्छ योग्यता?

२०७८ चैत्र १७

काठमाडौं। सडक बोर्ड नेपालको कार्यकारी निर्देशक नियुक्तिको लागि दर्खास्त आह्वान गरिएको छ। गएको असारमा आह्वान गरिएको दर्खास्त रद्द गरी पुन: नयाँ सूचना जारी गरिएको हो।  

Tata
GBIME
NLIC

१० महिनाअघि पनि सडक बोर्ड नेपालले बोर्डमा रिक्त रहेका कार्यकारी निर्देशकको पदपूर्तिका लागि  दरखास्त आह्वान गरेको थियो।

 तर पछि  प्रक्रियामा समस्या देखिएको भन्दै फागुन ६ गते बसेको १७० औं बैठकको निर्णयले सो दरखास्त रद्द गर्ने निर्णय गरेको थियो। 

हाल सडक बोर्ड नेपालको  कार्यकारी निर्देशक पद इन्जिनियर प्रेमप्रकाश खत्रीले सम्हालिरहेका छन्। यस पदमा आवेदन दिन इच्छुकले हाइवे इन्जिनियरिङग वा व्यवस्थापनमा स्नातकोत्तर उपाधी हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको हुनुपर्ने छ।

खुल्ला प्रतिस्पर्धाद्वारा नियुक्ति गर्नको लागि सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम दरखास्त आह्वान गरिएको सडक बोर्ड नेपालले जानकारी दिएको छ।

योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र  दरखास्त पेश गर्न भनिएको छ। नियुक्ति अवधि चार वर्षको हुने भनिएको छ।

गैर नेपाली, ३५ वर्ष पूरा नभएको र ६० वर्ष नाघेको, नैतिक पतन देखिने, फौजदारी कसुरमा सजाय पाएको वा अन्य कुनै फौजदारी कसुरमा तीन वर्ष वा  सो भन्दा बढी कैद सजाय पाएको, कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको, मानसिक अवस्था ठिक नभएको भए अयोग्य ठहरिने बोर्डले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।