BIZMANDU
www.bizmandu.com

नेपाली सेनाले सैन्य पदमा चार हजारका लागि आवेदन माग्यो,८कक्षा पासले पनि दरखास्त दिन पाउने

२०७८ चैत्र १७

काठमाडौं। नेपाली सेनामा जागिर खान चाहनेहरुका लागि सेनाले आवेदन खुला गरेको छ।  नेपाली सेनाले चार हजारजनाका लागि आवेदन खोलेको जनाएको छ।  सेनाको भर्ना छनौट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको हो। 

Tata
GBIME
Nepal Life

यस अन्तर्गत खुला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार  सैन्य पदका लागि आवेदन खोलेको हो। खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासी र जनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार  महिलामा ३ सय ५८, आदिवासी र जनजातीमा ५ सय ७२, मधेसीमा  पाँच सय ५, दलितमा  दुई सय ७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ ।

कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका (बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेका) उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ। 

दोब्बर दस्तुर तिरेर २३ वैशाखसम्म दरखास्त दिन सकिने व्यवस्था कायम गरिएको छ ।

पुरुषको हकमा उचाइ न्यूनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने तौल कम्तीमा ५० केजी हुनुपर्नेछ । महिलाको हकमा उचाइ ५ फिट कायम गरिएको छ भने तौल न्यूनतम ४० केजी हुनुपर्ने छ । 
निर्देशनालयले  सूचना निकालेर विभिन्न गणका लागि सैन्य पदमा आवेदन खुला गरेको हो।