BIZMANDU
www.bizmandu.com

आज राति १२ बजेपछि उद्योगहरुमा बत्ती नजाने, ‘क्षणिक क्राइसिस हो, लोडसेडिङ हुँदैन’

२०७८ चैत्र १०

आज राति १२ बजेपछि उद्योगहरुमा बत्ती नजाने, ‘क्षणिक क्राइसिस हो, लोडसेडिङ हुँदैन’
आज राति १२ बजेपछि उद्योगहरुमा बत्ती नजाने, ‘क्षणिक क्राइसिस हो, लोडसेडिङ हुँदैन’

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आज राति १२ बजेबाट कुनै पनि उद्योगमा लोडसेडिङ नहुने बताएका छन्। आजै राति सवा १२ बजेबाट प्रति युनिट ३८ रुपैयाँ तिरेर भारतबाट सात हजार मेगावाट आवर बिजुली आयात गर्ने तयारी भइरहेको घिसिङले बताएका छन्। 

Tata
GBIME
Nepal Life

‘लोडसेडिङ छैन, हुँदैन। अल्पकालीन क्राइसिस हो, लोडसेडिङ हुँदैन, हुन दिँदैनौं,’ बिहीबार प्राधिकरणको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै घिसिङले भने।

अहिले हिउँदमा नेपाललाई आवश्यक विद्युतको ३० प्रतिशत माग भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको बताउँदै अबको एकदेखि डेढ महिनामा समस्या समाधान हुने दाबी घिसिङले गरे। 

रसिया र युक्रेनबीचको द्वन्द्धका कारण कोइलाको मूल्य आकाशिएपछि भारतमा बिजुलीको मूल्य महँगिँदै गएको छ। प्राधिकरणलाई भारतबाट बिजुली आयात गर्दा प्रतियुनिट ३२ रुपैयाँ लागत परे अतिरिक्त आठ अर्ब रुपैयाँ लाग्ने घिसिङले बताए। प्रतिदिन प्राधिकरणलाई २० देखि २२ करोड रुपैयाँ अतिरिक्त भार परिरहेको समेत घिसिङले जानकारी दिएका छन्।