BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकको शाखा बागलुङको बलेवा र वीरगंजको बाइपास रोडमा खुल्यो, २८९ पुग्यो शाखा

२०७८ चैत्र ८

ग्लोबल आइएमई बैंकको शाखा बागलुङको बलेवा र वीरगंजको बाइपास रोडमा खुल्यो, २८९ पुग्यो शाखा
ग्लोबल आइएमई बैंकको शाखा बागलुङको बलेवा र वीरगंजको बाइपास रोडमा खुल्यो, २८९ पुग्यो शाखा

काठमाडौं। ग्लोबल आइएमई बैंकले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको खोलेको छ। साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको बैंकले जनाएको छ। 

Tata
GBIME
Nepal Life

एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।

यस्तै, एटीएम काउन्टरको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीले उद्घाटन गरेको बताइएको छ। 

सबैका लागि बैंक भन्ने नाराका साथ बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बैंकका अध्यक्ष ढकालले जानकारी दिए। बागलुङको वलेवा नारायणस्थान शाखाले त्यहाँका स्थानीय बासिन्दा, किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उदेश्यका साथ शाखा स्थापना गरिएको उनले बताए। 

 बलेवा क्षेत्रमा स्थापना भएको यो पहिलो बाणिज्य बैंक भएको बताइएको छ। 

यसका साथै, बैंकले वीरगंजको बाइपास रोडमा पनि नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले देशभर २८९ शाखा, २५४ एटीएम, २७४ शाखारहित बैंकिङ, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढी सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा दिँदै आएको छ।