BIZMANDU
www.bizmandu.com

एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा दीपेशकुमार वैद्य, मर्चेन्ट बैंकमा २० वर्षे अनुभव

२०७८ चैत्र ६

एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा दीपेशकुमार वैद्य, मर्चेन्ट बैंकमा २० वर्षे अनुभव
एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा दीपेशकुमार वैद्य, मर्चेन्ट बैंकमा २० वर्षे अनुभव


काठमाडौं। एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा दीपेशकुमार वैद्य नियुक्त भएका छन्। कम्पनीको संचालक समिति बैठकले वैद्यलाई सीईओमा नियुक्ति गरेको हो।

Tata
GBIME
NLIC

वैद्यसँग स्वदेश तथा विदेशको मर्चेन्ट बैंकमा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ। यसअघि वैद्य माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत थिए।

उनी सुरुमा कृति क्यापिटलका संस्थापक तथा प्रवन्ध निर्देशक थिए। कृति माछापुच्छ्रे क्यापिटलमा मर्ज भएपछि त्यहाँ सीईओ भएका हुन्।

वैद्यले अमेरिकाको ब्रेन्डिज युनिभर्सिटी इन्टरनेशनल विजनेश स्कुलबाट एमबीए गरेका छन्।

उनले सोमबारबाट कार्यभार सम्हालिसकेका छन्।