BIZMANDU
www.bizmandu.com

आरम्भ चौतारीको २१% बोनस सेयर चैत २७ गते पारित हुने, चैत १६ सम्म कायम सेयरधनीले लाभांश पाउने

२०७८ चैत्र ६

काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चैत २७ गते वार्षिक साधारण सभा डाकेको छ। बनेपा पार्टी भेन्यु, काभ्रेपलाञ्चोकमा हुने साधारणसभामा गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्ता पुँजीको २१ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गर्नेछ। 

Tata
GBIME

बोनस सेयर जारी गर्दा संस्थाको पुँजी वृद्धि हुने भएकोले सो अनुरुप प्रबन्धपत्रमा संशोधन गरी पुँजी वृद्धि गर्न अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले लघुवित्त अन्य कुनै संस्थासँग गाभ्न, गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पारित गर्नेछ।

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले यही चैत १७ देखि चैत २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत १६ गतेसम्म कायम सेयरधनीहरु लघुवित्तले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।