BIZMANDU
www.bizmandu.com

घरकै झल्को पाइने ‘सोसल बाइ एक्जोटिक,’ मल्टी कुजिन रेष्टुरेन्ट जसले खानासँगै पस्किन्छ एम्बियन्स


घरकै झल्को पाइने ‘सोसल बाइ एक्जोटिक,’ मल्टी कुजिन रेष्टुरेन्ट जसले खानासँगै पस्किन्छ एम्बियन्स
घरकै झल्को पाइने ‘सोसल बाइ एक्जोटिक,’ मल्टी कुजिन रेष्टुरेन्ट जसले खानासँगै पस्किन्छ एम्बियन्स

काठमाडौं। अनेक रेष्टुरेन्ट जाँदा अनुभव पनि अनेकन हुन्छन्। कुनै रेष्टुरेन्ट जाँदा वातावरण र स्वाद मोहक लाग्छ, कुनैमा त्यो अनुभव नहुन पनि सक्छ। अझ घरकै जस्तो व्यवहार र एम्बियन्स पाइए खान्कीको स्वाद झन् मिठो लाग्छ। त्यही झझल्को दिन काठमाडौंमा लबिम मल र छाया सेन्टरमा खोलिएको छ- 'सोसल बाइ एक्जोटिक।' 

Tata
GBIME
Nepal Life

कोही कसैको घर जाँदा पाइने व्यवहारदेखि मल्टी कुजिन परिकारले भरिएको छ यो रेस्टुरेन्ट सोसल बाइ एक्जोटिक। हस्पिटालिटी, एम्बियन्स र फुडको फ्युजन सोसल बाइ एक्जोटिकको परिचय भएको अपरेशन म्यानेजर उत्कर्ष श्रेष्ठ बताउँछन्। 

'सोसल बाइ एक्जोटिक एउटा यस्तो ठाउँ हो, जहाँ आएकाहरु आनन्द मान्छन्,' श्रेष्ठ भन्छन्। सँगै अरु मान्छेहरुसँग सोसलाइज हुने वातावरण आफूहरुले दिने उनले बताए। क्लब, पब वा डिस्को जाँदा बढी लाइट, भिड वा चर्को म्युजिक मान्छेहरुलाई नमन पर्न सक्छ। त्यस्तो वातावरण नहोस् भनेर नै सोसल बाइ एक्जोटिक तयार गरिएको उनले जानकारी दिए। 

'मान्छेहरुले रमाइलो पनि गर्न पाओस्। त्यहीबेला सोसलाइज पनि गर्न पाउन् भन्ने हो,' श्रेष्ठले भने। 

'ले मिर्च' को लिगेसी बोकेको सोसल

लबिम मलमा सोसल बाइ एक्जोटिक अघि 'ले मिर्च रेष्टुरेन्ट' थियो। २०२१ को सेप्टेम्बर खुलेको सोसल बाइ एक्जोटिकको लबिम मलपछि ठमेलको छाया सेन्टरमा दुई महिना अघि खुलेको थियो। 

रेष्टुरेन्टले एकदमै डाइभर्स कुजिन सर्भ गर्ने श्रेष्ठले बताए। ७० जनाको क्षमता रहेको सोसल बाइ एक्जोटिकमा इन्डियन, प्यान एसियन, मल्टी कुजनसहितका खान्कीको विशेषता भएको उनले जानकारी दिए। 

'जस्तै कुनै पनि उमेर समूहको ग्राहक आउँदा यो ठाउँ हाम्रो लागि होइन रहेछ भन्ने नहोस्। यो खाना हाम्रो लागि होइन भन्ने भाव नआओस्। ५०/६० वर्ष वा त्योभन्दा माथिका ग्राहकहरुले हाम्रोमा इन्डियन कुजिन प्रिफर गर्नुहुन्छ। सोल फुड मनपराउनु हुन्छ। हामीसँग त्यो पनि छ। टिनएजर वा ३० वर्षसम्मका ग्राहकहरुलाई इन्टरटेन गर्ने खाना पनि हामीसँग छ। त्यसैले हाम्रो रेष्टुरेन्टलाई म मल्टीकुजिन नै भन्न रुचाउँछु,' श्रेष्ठले भने। 

रेष्टुरेन्टमा बालबच्चादेखि वृद्ध उमेर समूह सबैका लागि सुहाउने श्रेष्ठ बताउँछन्। कुनै पनि उमेर समूहका व्यक्तिहरुलाई सोसल बाइ एक्जोटिक उपयुक्त ठाउँ हुने उनको दाबी छ। 

श्रेष्ठको कुरालाई साथ दिँदै रेष्टुरेन्टका बिजनेस कन्सल्टेन्ट उज्जवल कृष्ण जोशीले रेष्टुरेन्टको फुडको कुरा गर्दा त्यसको इतिहास पनि बुझ्नुपर्ने बताउँछन्। ब्रेकफास्टदेखि डिनर, कफीदेखि ककटेल सोसलसम्म सबै सर्भ हुने उनले बताए। 

'२०१६ मा हामीले ले मिर्च भन्ने रेष्टुरेन्ट खोलेका थियौं। विभिन्न आइटम त्यहाँ सर्भ हुन्थ्यो। कोरोना पछि हामीले केही परिवर्तन गर्नुपर्ने महसुस गर्‍यौं। ले मिर्च फ्रेन्च फ्युजन इन्डियन रेष्टुरेन्ट थियो। अन हामीले सोसल बाइ एक्जोटिकलाई मल्टी कुजिनमा लग्यौं,' उनले भने। 

ले मिर्चले सर्भ गर्ने इन्डियन खाना जे थियो अहिलेको रेस्टुरेन्टमा त्यही भएको जोशीले बताए। सोसल बाइ एक्जोटिममा चाइनिज, कन्टिनेन्टल, इटालियन थपेर सुरु गरिएको उनले बताए। 

ब्रेकफास्ट र लन्चको समयमा हुने रेष्टुरेन्टको वातावरण साँझ परेपछि फरक हुने उनले जानकारी दिए। 

'इभिनिङमा हामी लाइभ म्युजिक, कमेडी नाइटहरु आयोजना गर्छौं। धेरै इभेन्ट गरिरहेका हुन्छौं। सोसल इज अ प्लेस ह्वेयर वी क्यान रिल्याक्स। अझ काम गर्न गर्न सकिन्छ। वर्क स्टेसन छ हामी कहाँ। सँगै १० जनाको क्षमता रहेको मिटिङ हल पनि छ रेष्टुरेन्टमै,' जोशीले भने। 

आफुहरुले खानपिन मात्रै नभएर ग्राहकहरुलाई अनुभव पनि बिक्री गर्ने उनले बताए। सोसल बाइ एक्जोटिकको दुवै ब्रान्चमा गरेर २४ जनाको टिम छ।   

मलको परिभाषा बदल्दै 

सोसल बाइ एक्जोटिकका दुवै आउटलेट मल लक्षित छन्। एउटा लबिम मल अर्को छाया सेन्टर। 

'विदेशमा पनि अधिकांश रेष्टुरेन्ट मल वा व्यापारिक कम्प्लेक्स मै हुने गर्छन्। सपिङ गर्दा वा फ्लिम हेरेपछि केही खाउँ भन्ने हुन्छ। क्विक फुड खाउँ भन्ने हुन्छ। यो कन्सेप्टलाई नै स्थापित गर्न हामीले मलमै रेष्टुरेन्ट खोलेका हौं। मलमा फुड कोर्ट वा स्टल हुन्छन् त्यसैलाई फेर्न हामीले मलमै रेष्टुरेन्ट खोलेका हौं,' जोशीले भने। 

मललाई वान स्टक सोलुसन बनाउने उद्देश्यसहित रेष्टुरेन्ट खोलिएको श्रेष्ठले जानकारी दिए। 

'मल आउने जोकोहीलाई इंगेज बनाउने हो। एउटै ठाउँमा सबै भएपछि आवश्यकताअनुसार यहाँ त्यहाँ गर्नुपर्दैन,' श्रेष्ठले भने। काठमाडौंका मलहरु अब किनमेलका लागि मात्रै जाने ठाउँ रहेन। पार्टी गर्न, रेस्टुराका परिकारको स्वाद लिन पनि जान सकिन्छ। त्यसको बाटो आफूहरुले सहज बनाएको उनी बताउँछन्।

'सेभेन स्टेप अफ हस्पिटालिटीको थ्योरी' 

सोसल बाइ एक्जोटिक रेष्टुरेन्ट नभइ घर नै सोच्न श्रेष्ठ जोड दिन्छन्। कोही आफ्नो घर आउँदा सुरुमा 'ग्रिट' गर्ने चलन हुन्छ। त्यसपछि के छ कसो छ भन्दै कुराकानी हुन्छ। जसलाई हस्पिटालिटीको भाषामा 'रिसिभिङ' भन्छन् उत्कर्ष। त्यही पक्षलाई रेष्टुरेन्टमा फलो गरिएको उनले बताए।  

त्यसपछि गेस्टलाई कहीँ लगेर राख्ने, जसलाई 'एलोकेसन' भनिन्छ। एलोकेसन पछि मेनु दिएर 'अफर' गरिने उनले बताए। 

'घरमा कोही आउने वित्तिकै तातो/चिसो के खानुहुन्छ हामी सोध्छौं। सोधेपछि गफगाफ भइनै रहन्छ,' श्रेष्ठले भने। 

अफर गरिसकेपछि आफुहरुले सर्भिस गरिन्छ। सर्भिस गरिसकेपछि इन्टरटेन्मेन्ट वा रिभ्यू गरिने श्रेष्ठले जानकारी दिए। खाना खाएपछि वा सर्भिस गरिएपछि आफूहरुले त्यसको स्वाददेखि रेष्टुरेन्टको एम्बियन्स बारे रिभ्यू सोधिने उनले बताए। 

अन्तिममा फेयरवेल गरिने उनले जानकारी दिए। सेभेन स्टेप अफ हस्पिटालिटीको यो थ्यौरीलाई व्यवहारिक रुपमा लागू गर्न विभिन्न तीनवटा पक्ष आफूले नै तयार गरेको श्रेष्ठले बताए। 

'कोही मान्छे घर आउँदा बेडरुममा त लग्दैनौं नि। हामीले घर आउँदा यो गर्नुहुन्छ वा हुँदैन भनेर भन्छौं। यो त्यही पक्ष हामीले रेष्टुरेन्टमा पनि भन्छौं,' श्रेष्ठले भने, 'केही दिन अघि एकजना ग्राहकले बटर चिकेन मगाउनु भयो। वहाँले बटर चिकेन स्पाइसी छैन? भन्नु भयो। बटर चिकेन हुने नै गुलियो हो नि। स्पाइसी हुँदैन। हो यही कुरा हामीले भन्नुपर्‍यो, सिकाउनुपर्‍यो। त्यहीअनुसार हाम्रो टिम तयार गरिएको छ।'

दोस्रोमा रेष्टुरेन्टमा भाइब तयार गर्न वातावरण सिर्जना गर्ने श्रेष्ठले बताए। ग्राहकहरु अनुसार आफूहरुले भाइब्स तयार गर्ने गरिएको छ। 

'वृद्ध उमेरको ग्राहक आउँदा हामीले रक वा हिपहप म्युजिक बजाउँदैनौं। लाइटिङ पनि त्यस्तो बाल्नु भएन। उमेरअनुसार म्युजिक र लाइटिङले भाइब वा एम्बियन्स तयार गर्छौं,' श्रेष्ठले भने।