BIZMANDU
www.bizmandu.com

घरजग्गा कारोबार खुम्चिँदा घटेको राजस्व संकलन फागुनमा लयतर्फ, फागुनमा ७६ करोड बढी उठ्यो

२०७८ चैत्र २

घरजग्गा कारोबार खुम्चिँदा घटेको राजस्व संकलन फागुनमा लयतर्फ, फागुनमा ७६ करोड बढी उठ्यो
घरजग्गा कारोबार खुम्चिँदा घटेको राजस्व संकलन फागुनमा लयतर्फ, फागुनमा ७६ करोड बढी उठ्यो


काठमाडौं। फागुनमा सरकारले घरजग्गा कारोबारबाट ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। माघमा  घरजग्गा कारोबारबाट ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेकोमा फागुनमा ७६ करोड रुपैयाँ बढी राजस्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।  

Tata
GBIME

तरलता अभाव, ब्याजदर वृद्धिसँगै घरजग्गाको अस्वाभाविक र अनियन्त्रित मूल्यका कारण घरजग्गा कारोबार खुम्चिँदा राजस्व संकलनको दरसमेत घटेको थियो। 

मंसिरमा घरजग्गा कारोबारबाट राज्यले ७ अर्ब ६ करोड ६५ लाख रुपैयाँ संकलन गरेकोमा पुसमा घटेर ६ अर्ब ७० करोड रुपैयाँमा थियो। माघमा फेरी घटेको राजस्व फागुनमा भने उकालो लागेको छ। 

फागुनमा पनि सबैभन्दा धेरै राजस्व लगनखेल मालपोत कार्यालयले उठाएको छ। माघको तुलनामा फागुनमा लगनखेलले उठाउने राजस्व केही घटेको छ। फागुनमा लगनखेल मालपोतले ५४ करोड २२ लाख रुपैयाँ उठाएको छ। माघमा लगनखेल मालपोतले ५४ करोड ३६ लाख रुपैयाँ राजस्व उठाएको थियो।

लगनखेल पछि डिल्लीबजार मालपोतले बढी राजस्व संकलन गरेको छ। फागुनमा यो कार्यालयले ४५ करोड ३२ लाख रुपैयाँ उठाएको छ। डिल्लीबजारले माघमा ४३ करोड ८६ लाख रुपैयाँ राजस्व उठाएको थियो।

फागुनमा कलंकी मालपोतले ३९ करोड १६ लाख रुपैयाँ, भक्तपुरले ३८ करोड ६२ लाख रुपैयाँ, चाबहिलले ३८ करोड ३५ लाख रुपैयाँ, चितवनले १६ करोड २८ लाख रुपैयाँ, काभ्रेले १५ करोड ९६ लाख रुपैयाँ, साँखुले १५ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ। 

यस्तै,मनमैजुले १३ करोड २९ लाख रुपैयाँ, विराटनगरले १३ करोड, पर्साले १२ करोड ६८ लाख, कास्कीले १२ करोड ४५ लाख, टोखाले ११ करोड २९ लाख, नेपालगञ्जले ११ करोड रुपैयाँ र इनरुवा मालपोतले १० करोड बढी राजस्व उठाएको विभागले जनाएको छ।