BIZMANDU
www.bizmandu.com

खानेपानी संस्थानले विभिन्न पदका लागि ४६ जना कर्मचारी माग्यो, जागिरलाई के के चाहिन्छ योग्यता?

२०७८ चैत्र १

काठमाडौं। नेपाल खानेपानी संस्थानले खुल्ला प्रतिस्पर्धाबाट करारमा ४६ जना कर्मचारी नियुक्त गर्ने भएको छ। संस्थानमा रिक्त रहेका विभिन्न पदहरुमा अन्तर्वार्ताबाट ६ महिनाका लागि कर्मचारी नियुक्त गर्न लागिएको हो।

Tata
GBIME
NLIC

१८ पुरा भइ ४० वर्ष नकाटेको इच्छुक योग्यता पुग्ने नेपाली नागरिकले ६ महिनाभित्र आवेदन दिन सक्नेछन्।

संस्थानको कार्यालय विराटनगर, लहान, जनकपुर, कलैया,वीरगंज लागि १/१ जना र बुटवलका लागि २ जना गरि ७ जना जुनियर प्लम्बरका लागि विज्ञापन खुलाइएको छ।

वीरगंज, पोखरा र बुटवलका लागि १/१ जना र प्रधान कार्यालयका लागि ४ जना गरी ७ जना लाइट ड्राइभर मागिएको छ।

बुटवलका  लागि एक जना प्लान्ट एटेन्डेन्ट मागिएको छ। विराटनगर,वीरगंज र हेम्जा गरी ल्याब ब्वाइ मागिएको छ।

‍राजविराज, जनकपुर, कलैया, वीरगंज, तौलिहवा, महेन्द्रनगर १/१ जना,पोखरा र धनगढीमा २/२ जना, बुटवलमा ४ जना गरी १४ जना हेल्पर मागिएको छ।
विराटनगर, वीरगंज, बुटवलमा २/२ जना, जनकपुर, कलैया, कृष्णनगरमा १/१ जना, पोखरामा ५ जना गरी १४ जना मागेको छ।

जुनियर प्लम्बर, प्लान्ट एटेन्डेन्ट र ल्याब ब्वाइका लागि ८ कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको तालिम वा साधारण लेखपढ गर्न जान्ने भइ ३ वर्षको अनुभव तोकिएको छ।

लाइट ड्राइभरका लागि नेपाली लेखपढ गर्न सक्ने भइ सवारीचालक अनुमतिपत्र प्राप्त गरेको हुनुपर्छ। हेल्परका लागि ५ कक्षा उत्तीर्ण गरी कम्तीमा एक महिनाको तालिम  प्राप्त वा साधरण लेखपढ गर्न जान्ने भइ सम्बन्धित कार्यमा २ वर्षको अनुभव प्राप्त हुनुपर्छ। कार्यालय सहयोगीका लागि सामान्य लेखपढ गर्न जान्ने भए पुग्छ।