BIZMANDU
www.bizmandu.com

अग्नि समूहको तीन दशक पूरा, एसईई पास ३० विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान

२०७८ फागुन २८

अग्नि समूहको तीन दशक पूरा, एसईई पास ३० विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान
अग्नि समूहको तीन दशक पूरा, एसईई पास ३० विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान


काठमाडौं। नेपालको अग्रणी व्यापारिक समूह अग्नि ग्रुपले संचालनमा आएको तीन दशक पूरा गरेको छ।

Vigo
GBIME
Tata

स्थापनाको ३० वर्ष पूरा भएको अवसरमा अग्निले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्राक्टरको अधिकृत वितरकका रूपमा कम्पनीले अटोमोबाइल्स व्यापारमा हात हालेको थियो। त्यसयता तीन दशकको यात्रामा यस समूहले अटो तथा स्पेयर पार्ट्सबाहेक पनि लजिस्टिकदेखि वित्तीय क्षेत्रसम्म आफ्नो व्यवसाय विस्तार गरेको छ। 

यस समूहअन्तर्गत अहिले १० भन्दा बढी कम्पनी संचालनमा रहेको अग्निका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले बताए। 

कम्पनीको तीन दशकमा अहिलेसम्मको यात्रामा साथ दिएर विरासत निर्माणमा सघाएका ग्राहक, डिलर नेटवर्क, साझेदार र कम्पनीका कर्मचारी लगायत सबैलाई श्रेष्ठले ३०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका दौरान आभार प्रकट गरे।

अग्निले महिन्द्रा गाडीको बिक्री आउटलेट तथा बिक्रीपछिको सेवा केन्द्रहरु गरी ७१ भन्दा बढी डिलर तथा शाखाहरुको सञ्जाल खडा गरिसकेको जनाएको छ।

३० जनालाई उच्च शिक्षाका लागि छात्रवृत्ति
३० औं वाषिकोत्सवको अवसरमा कम्पनीले ‘अग्नि उदय छात्रवृत्ति पुरस्कार २०७८’ प्रदान  गरेको पनि जानकारी दिएको छ। जसअन्तर्गत एसईई पास गरेका ३० विद्यार्थीको उच्च शिक्षाको खर्च अग्निले प्रायोजन गर्नेछ। 

यस अघिका वर्ष पनि अग्निले हरेक साल २५ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको थियो। यसपटक भने ३० जना विद्यार्थीलाई उच्चशिक्षाका लागि छात्रवृत्ति दिइएको छ। कम्पनीले आगामी वर्षहरुमा पनि यो छात्रवृत्तिलाई निरन्तरता दिने कम्पनीका नायब निर्देशक वरदान बस्नेतले बताए।