BIZMANDU
www.bizmandu.com

गरिमा विकास बैंकले लकर सुविधामा ल्यायो छुट स्किम, ५० प्रतिशतसम्म छुट

२०७८ फागुन २२

गरिमा विकास बैंकले लकर सुविधामा ल्यायो छुट स्किम, ५० प्रतिशतसम्म छुट
गरिमा विकास बैंकले लकर सुविधामा ल्यायो छुट स्किम, ५० प्रतिशतसम्म छुट

काठमाडौं। अन्तर्राष्ट्रिय नारी दिवशको अवशरमा गरिमा विकास बैंकले नारीहरुका लागि विशेष स्किम ल्याएको छ। 

Tata
GBIME
Nepal Life

बैंकले नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नेलाई लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ। आफ्नो बहुमुल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षीत राख्नका लागि भन्दै बैंकले छुट स्किम  ल्याएको हो।

लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुल्कमा ५० प्रतिशत (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो।

बैंकको न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान) मा लकर सेवा उपलब्ध  छन्।