BIZMANDU
www.bizmandu.com

नागरिक उड्डयन प्राधिकरणले ३४ जना कर्मचारी माग्यो, बीमा समितिलाई २५ जना कर्मचारी चाहियो

२०७८ फागुन १३

नागरिक उड्डयन प्राधिकरणले ३४ जना कर्मचारी माग्यो, बीमा समितिलाई २५ जना कर्मचारी चाहियो
नागरिक उड्डयन प्राधिकरणले ३४ जना कर्मचारी माग्यो, बीमा समितिलाई २५ जना कर्मचारी चाहियो

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले ३४ जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ। उड्डयन क्षेत्रको नियामक प्राधिकरणले वरिष्ठ अधिकृतदेखि प्रबन्धकसम्मका कर्मचारीको पदपूर्तिका लागि आवेदन माग गरेको छ।

Tata
GBIME

प्राधिकरणले नौ तहमा प्रशासन, एयर ट्राफिक सर्भिस र इन्जिनियरिङमा एक/एक जना गरेर तीन कर्मचारी माग गरेको छ।

८ तहमा आर्थिक प्रशासन, प्रशासन, एभिएसन फायर सर्भिस र इलेक्ट्रिकल इन्जिनियरमा एक-एक जना गरेर चार जना माग गरेको छ।

सबैभन्दा बढी वरिष्ठ अधिकृतमा माग गरेको छ। कुल २७ जना कर्मचारी माग गरेको छ। यसमध्ये एयर ट्राफिक सर्भिसमा मात्र २५ जना माग गरेको छ।

यसबाहेक एयर वर्दिनेस र सिभिल इन्जिनियरमा एक/एक गरेर दुई जना माग गरेको छ। सूचना गोरखापत्रमा छ। आवेदन २१ गतेभित्र दिइसक्नु पर्छ।

यता बीमा क्षेत्रको नियामक बीमा समितिले पनि नयाँ कर्मचारी भर्ना गर्ने भएको छ। समितिले सहायक प्रथमदेखि उपनिर्देशक पदसम्मका लागि जागिर खुलाएको छ। २८ जना कर्मचारीको माग गरेको हो। यसको सूचना पनि गोरखापत्रमा छ।